महिला क रणी प्रकरणमा भावुक हुँदा निस्किइन करिश्मा मानन्धर उर्फ सुर्जेकुमारी (भिडियो हेर्नुस् )

यही २०७८/१२/१४ गते कपिलवस्तुमा आयोजित एमालेको एक सभामा बोल्दै करिश्माले आफ्नो न्वारानको नाउँ सुर्जेकुमारी रहेको बताएकी थिइन् ।जसको नेपाली राजनीति र फिल्मी क्षेत्रमा निकै बहस र चर्चा भएको छ ।

उनले आफ्नो न्वारानको नाम भनेपछि धेरैले सामाजिक संजालमा व्याङ्ग गर्दै आफ्नो न्वारानको नाउँ भनेका थिए ।करिश्माले “जसरी सुर्यले यो सारा सोलार सिस्टमलाई धानेको छ त्यसैगरी एमालेले पनि नेपाललाई धान्ने” कुरा व्यक्त गरेकी थिइन् ।

उनको नामको चौतर्फी चर्चा हुन थालेपछि उनले सामाजिक संजालमा “मेरो न्वारानको नाम थाहा हुँदा धेरैलाई पोल्यो,भिटामिन सी प्राप्त भयो” भनेर स्टाटस लेखेकी थिइन् ।

यसरी आफुले भर्खरै प्रवेश गरेको पार्टीमा आफ्नो वर्चस्व राख्न र केही गर्न अगाडि आएकी नायिकालाई शुभकामना छ र आउँदा दिनमा राम्रो काम गर्नु हुनेछ भन्ने अपेक्षा समेत छ ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस