‘अरूले हार्दा खासै फरक पर्दैन तर हामीले हारे सिंगो देशले हार्छ, एक पटक जिताउनुस् सबै जनताको सपना पुरा गरिदिन्छौ: प्रचण्ड

काठमाडौ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आगामी स्थानीय तह निर्वाचन माओवादीका लागि लडाइँ सरह भएको बताएका छन्। र सबै भन्दा त्यागि नेताहरु माओवादीमा भएको र जनताको सपना माओवादीले पुरा गर्ने र स्थाईत्व समेत दिने सक्ने पाटी भएको समेत दावी गरेका छन।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा उनले जनयुद्धका सहिद, घाइते, अपांगहरू सहित सम्पूर्ण नेपालीको सपना पूरा गर्न माओवादीले जसरी पनि स्थानीय तह निर्वाचन जित्नुपर्ने बताएका छन।‘

‘अरूले हार्दा-जित्दा खासै फरक पर्दैन तर माओवादी केन्द्रले हार्दा गणतन्त्र हार्ने खतरा छ।’ प्रचण्डले भने, ‘अन्य पार्टी लाई स्थानीय निर्वाचन एउटा निर्वाचन मात्र भएको बताउँदै उनले भने, ‘चुनाव लडाइँ हो, हामीले जित्नैपर्नेछ।’

उनले सहिद र बेपत्ता परिवारका सदस्य कहाँ गएर आफ्ना कमीकमजोरी नदोहोर्याउने प्रतिबद्धता गर्न नेता कार्यकर्ताहरूलाई सुझाब समेत दिएका छन्।

अबको एक महिना जनताको घरघरमा कस्सिएर जाने हो भने देशभर माओवादी केन्द्रले निर्वाचन जित्ने उनको दाबी छ। माओवादी केन्द्रले जितेको स्थानीय तह देशभरमाा उत्कृष्ट भएको दाबी गर्दै उनले आगामी चुनावमा जनताले माओवादीलाई नै जिताउने जिकिर गरे।

प्रचण्डले पाँचदलीय गठबन्धन फुटाउने र संवि धान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्। जाली फटाहाहरूले जसरी पनि माओवा दीलाई घेरा हाल्नेर सिध्याउने भनिरहेको बताउँदै उनले एमसिसी पास गर्दा सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने गरी गठबन्धन जोगिने गरी समस्याको हल गरिएको प्रस्ट पारेका छन। अझ थप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहोस