मलाई आफ्नै जीवनकालमा काठमाडौंबाट रेल चढेर रसुवा र दिल्ली जान मन छ – ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै जीवनकालमा सुरुङमार्गबाट चार मिनेटमा नुवाकोट पुग्न र रेलबाट रसुवा जाने इच्छा रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले आफूलाई आफ्नै जीवनकालमा सुरुङमार्गबाट नुवाकोट, काठमाडौंबाट रेल चढेर रसुवा र दिल्ली जान मन भएको बताएका हुन् ।

“हामी टनेल यात्रामा प्रवेश गरेका छौँ । डिकिङ वाटरका लागि मात्रै नभएर इरिग्रेसन, रोडलगायत क्षेत्रमा हामी टनेल युगमा प्रवेश गरिसकेका छौँ । अब हामी पहाड छेडेर पारिपट्टि बाटो निकाल्छौँ,” उनले भने, “म केही दिनमा नुवाकोट जाँदै छु ।

टोखा छहरे छेड्नै पाइएन । छेड्न पाएको भए म चार मिनेटमै नुवाकोट पुग्ने थिए । अहिले नुवाकोट पुग्न मैले अढाइ घन्टा लगाउनुपर्ने हुन्छ । टोखाबाट नुवाकोट चार मिनेटमा फुत्त पुगिन्थ्यो नि ! तर, त्यो हुन सकेन । मलाई आफ्नै जीवनकालमा सुरुङमार्गबाट नुवाकोट, काठमाडौंबाट रेल चढेर रसुवा र दिल्ली जान मन छ ।”

प्रतिक्रिया दिनुहोस