नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमै छैन : ओली

प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कलाकारिता क्षेत्रको खुलेरै तारिफ गरेका छन् ।सोमबार एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालद्वारा चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा नेपालको जस्तो उत्कृष्ट फिल्म र नेपालकाे जस्ताे राम्री हिरोइन् दुनियाँमै नभएको भन्दै उनले प्रशंसा गरे ।

‘नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा कहीँ हुन्छ ? नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्वभ नै छैन । नेपाली हिरोजस्तो हेण्डसम दुनियाँ कहीँ खोजेर भेटिएला ? भेटिँदैन ।

’ यसअघि अध्यक्ष ओलीले नेपाल कला र संगीतको पवित्र भूमि रहेको पनि बताए । ‘यो ठाउँ यो ठाउँ कलाको ठाउँ हो । संगीतको ठाउँ हो ।नेपालले कलाको क्षेत्रमा अत्यन्तै सम्भावन बोकेको छ । हाम्राजस्तो उत्कृष्ट फिल्म कसैले बनाउनै सक्दैन,’ ओलीले भने । अध्यक्ष ओली यत्तिमा मात्र अडिएनन् महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि प्रशंसा गरे ।

देवकोटाजस्तो कवि संसारमा नभएको उनको भनाइ थियो । अध्यक्ष ओलीले देवकोटाका कविताले नोबल पुरस्कार पाउनुपर्ने तर्कसमेत प्रस्तुत गरे ।‘लक्ष्मीप्रसादको जस्तो बगेको कविता दुनियाँमा कसैको छैन । उनका कविताले किन पाउँदैनन् नोबल पुरस्कार ? हामीले एप्लाई नगरेको हुन सक्छ । महत्व नबुझेको पनि हुन सक्छ ।आफैलाई नपत्याएको पनि हुन सक्छ,’ अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया दिनुहोस