श्रीलंकामा देशै छोडेर भाग्ने क्रम जारी, प्रधानमन्त्रीका बुहारी र सम्धी पनि देश छोडेर भागे

काठमाडौँ ।श्रीलंकाको राजनीतिक र आर्थिक स्थितिमा बिग्रिएका बेला प्रधानमन्त्री महिन्दा राजापाक्षेको परिवारका सदस्यहरुबिच भा गदौ ड म च्चि एको छ ।

प्रधानमन्त्री महिन्दा राजापाक्षेको पूरै मन्त्रिपरिषद्ले राजीनामा बुझाएको छ र त्यहाँको सरकारमा नयाँ अनुहार ल्याउने प्रयास भइरहेका बेला श्रीलंकाली प्रधानमन्त्रीका बुहारी र सम्धी देश छो डेर भागेका छन् ।

श्रीलंकाको प्रमुख पत्रिका डेली मिररको रिपोर्ट अनुसार महिन्दा राजपाक्षे सरकारमा मन्त्री रहेका नमल राजापाक्षेकी श्रीमती लामिनी राजपक्षेले श्रीलंका छाडेकी छिन् ।

यससँगै प्रधानमन्त्री महिन्दा राजपाक्षेका सम्धी अर्थात लामिनी राजपाक्षेका पिता पनि श्रीलंका छोडेर अन्य देशमा गएका छन् । विनमल राजपाक्षे श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षका छोरा हुन् । हालसम्म नमल श्रीलंकाको युवा तथा खेलकुद मन्त्री थिए ।

आर्थिक संकटले गाँजेको श्रीलंकामा एकपछि अर्को व्यक्तिले राजीनामा दिने लहर चलेको छ । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली सार्बेले पनि पदबाट राजीनामा दिएका छन् ।

अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्टै सार्बेले पदबाट राजीनामा दिएका हुन् । ‘ यसबाट पर्न गएको असुविधाप्रति म खेद व्यक्त गर्दछु । म विश्वास गर्छु कि मैले सधैं देशको हितमा काम गरेको छु’ साब्रीको एक विज्ञप्तिमा भनिएको छ ।

देशको समस्या समाधान गर्न नयाँ, सक्रिय र अपरम्परागत कदमहरू आवश्यक रहेको उनले औँल्याएका छन् । यसअघि सोमबार मन्त्रिपरिषद्का सबै सदस्यले पदबाट सामूहिक राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस