प्रचण्ड जतिको इमान्दार नेता नेपालमै कोहि छैन: सरिता गिरि

काठमाडौ। पूर्व सांसद सरीता गिरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालीकै इमान्दार नेता रहेको बताएकी छन्।

नेपालको नक्सामा कालापानी लगायतका भूमि समावेश गर्दा विरोध जनाएर सांसद गुमाएकी गिरीले नेपालका अन्य नेताहरु भन्दा प्रचण्ड इमान्दार देखिएकी बताएकी हुन्।

सांसद पद गुमाएपछि सामाजिक संजाल मार्फत आफ्ना भनाईहरु राख्न सक्रिय भएकी गिरीले फेसबुकमा एक स्ट्याटस राख्दै अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार रहेको बताएकी छन्।

“अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार छन्। “,प्रचण्डको प्रशंसा गर्दै गिरीले लेखेकी छन्। ज’नयु”द्धबाट आएका प्रचण्डले आफ्नो इतिहास नभुलेको र आफ्नो दायित्वबाट नभागेको गिरीको भनाई छ।

“ज’नयु”द्धको आफ्नो इतिहाससंग प्रचण्डले नाता तोडेका छैनन् र त्यसको दायित्वबाट पनि भागेका छैनन्।”,गिरीले प्रचण्डका बारेमा थप लेखेकी छन्।

अन्य नेताहरु जस्तो प्रचण्ड आफ्नोदायित्वबाट नभागेको गिरीको बुझाई छ। उनी लेख्छिन्,”उनी भगौडा जस्तो देखिएका छैनन्।” गिरीको स्ट्याटस यस्तो छ:

अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार छन्। जनयु”द्धको आफ्नो इतिहाससंग प्रचण्डले नाता तोडेका छैनन् र त्यसको दायित्वबाट पनि भागेका छैनन्। उनी भगौडा जस्तो देखिएका छैनन्।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि कालापानी सहितका भूभाग समेटेर नक्सा बनाउँदा गिरी विपक्षमा उभिएकी थिइन्।

उनले कालापानी सहितका भूभाग नेपालको हो भन्ने आधार नभएको बताएकी थिइन्। साथै उनले चीनको उक्सावटमा नक्सा समेटेर संविधान संशोधन गर्न खोजेको आरोप लगाएकी थिइन्।

गिरीलाई सांसद पदबाट हटाउन संसद र सडकमा चर्को आवाज उठेको थियो। त्यसपछि उनलाई समाजवादी पार्टी नेपालले सांसद पदबाट हटाएको थियो। त्यसयता गिरी पार्टी बिहिन् छिन्।

गिरी केपी ओलीको कटु आलोचक मानिन्छिन्। एक पटक उनले ओलीका कारण आफ्नो पद गएको आरोप लगाएकी थिइन्। साथै उने सांसद पद बचाउन अदालतको समेत सहारा लिएकी थिइन्। जुन उनको प्रयास असफल भएको थियो।

पुष्पकमल दाहाल: छैटौँ पटक राखेको नाम ‘प्रचण्ड’ बाट चिनिने यी माओवादी नेता कसरी ३२ वर्षदेखि पार्टी प्रमुख छन्

पैँतीस वर्षको हुँदा कट्टर वामपन्थीहरूको दल नेकपा मशालको प्रमुख अर्थात् महामन्त्री भएका पुष्पकमल दाहाल ६७ वर्षमा फेरि एक कार्यकालका लागि नेकपा माओवादी केन्द्रको अध्यक्ष चयन भएका छन्।

विभिन्न समयमा फेरेका छ वटामध्येको एउटा नाम ‘प्रचण्ड’ प्रयोग गरेर आफूलाई चिनाउने दाहाल निरन्तर ३२ वर्षदेखि पार्टीको प्रमुख पदमा बसिरहने कमै नेपाली नेताहरूमा पर्छन्।

सामान्य परिवारमा जन्मिएका उनी दुई पटकसम्म देशको प्रधानमन्त्री बनिसकेका छन्।

पच्चीस वर्ष भूमिगत जीवन बिताएका प्रचण्डले नेतृत्व गरेको १० वर्षे सशस्त्र द्वन्द्व नेपालमा ठूलो राजनीतिक परिवर्तनमा कारक बनेको बताइन्छ। माओवादीले उक्त सङ्घर्षलाई ‘जनयुद्ध’ भन्ने गरेको छ।

प्रचण्डले नेतृत्व गरेको सङ्घर्षमा कैयौँ निर्दोष नागरिकहरू मारिएको, बेपत्ता भएको र विस्थापित भएको विषयमा उनको आलोचना पनि हुने गरेको छ।

शान्तिवार्तामार्फत् खुला राजनीतिमा आएपछि उनले नेतृत्व गरेको नेकपा माओवादी संसद्को सबैभन्दा ठूलो दल बनेको थियो। तर उनले नौ महिनामै सरकारको नेतृत्वबाट राजीनामा दिए।

कास्कीको ढिकुरपोखरीमा विसं २०११ मा जन्मिएका प्रचण्डको राजनीतिक यात्रा भने शिक्षक पेसासँगै अघि बढेको थियो।

कृषि पढाउने कम्युनिस्ट नेता

प्रचण्डले १७ वर्षको उमेरमै २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। त्यसपछि उनी राजनीतिमा विभिन्न भूमिकामा अघि बढ्दै गए। तर उनी आबद्ध सङ्गठनबाहिर प्रचण्डको परिचय कृषि विषय पढाउने शिक्षकको थियो।

कृषिमा स्नातक गरेका प्रचण्ड भूमिगत हुनुअघि गोरखाको भीमोदय माविमा पढाउँथे। उनका सहकर्मी शिक्षकहरूका अनुसार प्रचण्डले आवश्यकताअनुसार विज्ञान, गणित र अङ्ग्रेजी पनि पढाए।

“उहाँ राजनीतिमै हो भन्ने मलाई थाहै थिएन। त्यो बेला उहाँले राजनीतिक सङ्गठन पनि बनाउने, बैठकमा जाने गर्नुहुँदो रहेछ,” गोरखामा प्रचण्डका घरपति पनि रहेका पूर्वशिक्षक गणेशकुमार श्रेष्ठले भने।

पछिपछि प्रचण्ड कम्पोस्ट मलको खाडल र चर्पी बनाउन सिकाउने भन्दै विद्यालय छुट्टी भएका बेला गाउँ जाने गरेका थिए।

“गएको बेला लामो बाहुले स्वेटरमा असजिलो गरी लुकाएर (त्यो बेला प्रतिबन्धित) किताबहरू ल्याएर पढ्नुहुँदो रहेछ,” उनले भने।

पढाउँदापढाउँदै एक दिन प्रचण्डले शिक्षकबाट राजीनामा दिएर चितवन फर्किने कुरा सुनाए।

बाहिरबाहिर चाहिँ उहाँ रामपुरमा एमएससी पढ्छु भनेर जानुभयो। तर उहाँलाई पार्टीले नै आरुघाट पठाएको रहेछ, पार्टीले फिर्ता हुन भनेपछि छोड्नुभएको रहेछ। पछि मात्रै थाहा भयो,” शिक्षकबाट राजीनामा दिँदाको प्रसङ्गबारे श्रेष्ठले भने।

देशमा माओवादी युद्ध सुरु भएपछि त्यसका कमान्डर प्रचण्डको राज्य पक्षले खोजी सुरु गर्‍यो।

प्रचण्ड गोरखामा शिक्षक हुँदा प्रधानाध्यापक रहेका रामकुमार श्रेष्ठ जनयुद्ध सुरु भएको केही वर्षपछि प्रचण्डको गृहजिल्ला चितवनको प्रमुख जिल्ला अधिकारी भए।

“म सीडीओ भएर जाँदा (तात्कालिक) गृहमन्त्री वामदेव गौतमले तपाईँले चिन्नुभएको पनि छ प्रचण्डलाई, जसरी भए पनि गिरफ्तार गर्नुहोस् है भन्नुभएको थियो,” श्रेष्ठ सुनाउँछन्।

युद्ध सुरु हुनुभन्दा अघिबाटै भूमिगत रहेका प्रचण्डलाई कमैले मात्रै चिन्ने गरेका थिए। सर्वसाधारणमा प्रचण्ड छन् वा छैनन् भन्नेसम्मको आशङ्का रहेको श्रेष्ठ बताउँछन्।

माओवादीले २०५५ फागुन १ मा जनादेश पत्रिकामा प्रचण्डको तस्बिर सार्वजनिक गरेको थियो। गोरखाका श्रेष्ठलाई तस्बिर देखाएर सरकारी अधिकारीहरूले समेत प्रचण्ड त्यही व्यक्ति भए नभएको निर्क्योल गर्न भनेको उनले बताए।

“मलाई चाहिँ सोधियो – तपाईँ त उहाँको साथी हो, पुष्पकमल दाहाल भन्ने मान्छे कस्तो छ? यो फोटोमा भएकै मान्छे हो त?” भीमोदय माविका पूर्वप्रधानाध्यापक श्रेष्ठ भन्छन्।

उनै श्रेष्ठ पछि खिलराज रेग्मी नेतृत्वको सरकारमा प्रचण्डको पहलमा मन्त्री समेत भए।

कसरी पुगे नेतृत्वमा

कम्युनिस्ट राजनीतिमा संलग्न भएको १८ वर्षपछि ३५ वर्षको उमेरमा प्रचण्ड नेकपा मशालको महामन्त्री भएका थिए। उक्त पार्टीमा प्रमुख पद नै महामन्त्री रहने व्यवस्था थियो।

तर प्रचण्ड महामन्त्री भएको प्रसङ्ग रोचक छ। प्रचण्डले योङ कम्युनिस्ट लीगमा राम्रो क्षमता देखाएका कारण उनलाई तात्कालिक मशालको केन्द्रीय सदस्यमा परेका थिए। उनी त्यहाँ पनि लोकप्रिय हुँदै गए।

विसं २०४३ सालमा मोहन वैद्यले नेतृत्व गरेको मशालले पञ्चायती व्यवस्थाले घोषणा गरेको निर्वाचन बिथोल्न प्रहरी चौकीहरूमा आक्रमण प्रयास गर्‍यो। कम्युनिस्ट राजनीतिमा उक्त घटनालाई सेक्टर काण्ड भनेर चिनिँदै आएको छ।

आक्रमण सफल नभएपछि पार्टी भित्र वैद्यले पार्टी नेतृत्व छोड्नुपर्ने माग उठ्यो। त्यसपछि मोहन वैद्य आफैँले सेक्टर काण्डमा संलग्न नेताहरू एक तह घटुवा गर्ने प्रस्ताव राखेका थिए।

तात्कालिक मसालका नेता नारायणप्रसाद शर्मा चाहिँ वैद्यलाई हटाएर पार्टी प्रमुख हुन प्रचण्डले नेतृत्वमाथि आलोचनाको वातावरण बनाएको बताउँछन्।

“त्यो वातावरण तयार गर्नेमा प्रचण्डको केही न केही भूमिका छ। एक पटक सुल्झिसकेको विषयलाई पटकपटक उठाइरहनुमा प्रचण्डको हात छ,” शर्मा भन्छन्। माओवादीका संस्थापक केन्द्रीय सदस्य शर्मा पछि पार्टी विभाजनमा वैद्यसँग गए। उनी अहिले राजनीतिमा निष्क्रिय छन्।

“गल्ती भयो भन्ने पारियो र त्यसमा कारबाही गर्नुपर्छ भन्ने पारियो र प्रचण्डजी आउनुभएको हो। त्यो प्रक्रिया त्यति राम्रो प्रक्रिया चाहिँ थिएन क्या।”

क्रान्तिकारी पार्टीमा क्रान्ति सुरु गर्दा कारबाही हुनु दुर्भाग्य भएको र वैद्यले त्यस बेला उदारता देखाएको शर्माको बुझाइ छ।

यद्यपि ‘नेपाली क्रान्तिका समस्या भाग-दुई’ मा वैद्यले क्रान्तिको आवश्यकताका कारण आफूले नेतृत्व छोडेको लेखेका छन्।

त्यसको एक वर्षपछि २०४७ सालमा प्रचण्ड नेतृत्वको मशालसँग बाबुराम भट्टराई, हरिबोल गजुरेल, निर्मल लामा र रूपलाल विश्वकर्मासहितका नेताहरूले नेतृत्व गरेका साना कम्युनिस्ट पार्टीहरूसँग एकता भयो। अनि २०४८ मा भएको महाधिवेशनले पार्टीको नाम परिवर्तन गर्दै एकता केन्द्र राख्यो।

एकीकृत पार्टीमा नेतृत्वको विषयमा विवाद नभए पनि कार्यकर्तामा प्रचण्ड लोकप्रिय भए पनि बाहिरी छवि बाबुराम भट्टराईको राम्रो रहेको पुराना कम्युनिस्ट नेताहरू बताउँछन्।

माओवादी युद्ध सुरु भएपछि माओवादीभित्र पार्टी नेतृत्व केन्द्रीकरण गर्नुपर्ने आवाज उठ्यो। पार्टी नेताहरूका लेख-रचनामा पार्टी र क्रान्तिबारे प्रचण्डको भूमिकाबारे लेख्न र उनलाई उद्धृत गर्न सर्कुलर जारी गरियो। नेतृत्वलाई स्थापित गर्नै भन्दै माओवादीले त्यसपछि प्रचण्डको तस्बिर प्रकाशन गर्ने निर्णय गर्‍यो। अनि प्रचण्ड पार्टीभित्र र बाहिर चिनिन थाले।

प्रचण्डलाई स्थापित गर्नकै लागि उनलाई उद्धरण गर्ने र तस्बिर प्रकाशन गर्ने निर्णय गरिएको शर्मा स्मरण गर्छन्।

प्रतिक्रिया दिनुहोस