प्रेमिकालाई‘तिमी बिना बाँच्नु छैन, भन्दै कलिलो उमेरमै छोडेर गए ईन्जिनियरले…..

महाराष्ट्र :भारतको महाराष्ट्रस्थित औरंगवादमा २५ वर्षीया इन्जिनियरले देहत्याग गरेका छन्। त्यहाँ डेरा गरी बस्दै आएका निखिल दत्तात्रय चौडाले कोठामै झु न्डि एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मृत्युको कारण अहिल्यै नखुले पनि कोठाबाट प्रेमिकाका नाममा लेखिएका ‘लभ लेटरहरु’ फेला परेको प्रहरीले जनाएको छ।‘तिमी बिना बाँच्नु छैन, तिमी नै मेरो सबुकछ हौं। तिमी बिना जीवनको कल्पना गर्न सक्दिनँ’लगायत शब्दहरु लभ लेटरमा लेखिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

प्रहरीले जसको नाममा लभ लेटर लेखिएको छ, उनीसँग पनि सोधपुछ गरिरहेको बताएको छ।निखिल चौधरी एमआईडीसी पैठनको एउटा कम्पनीमा काम गर्ने युवा इन्जिनियर थिए। उनी आदर्शनगर–पिम्पलवाडीमा कोठा भाडामा बस्ने गर्थे । सोमबार बिहान उनी घरबाट निस्किएनन्, तर छिमेकीले फाँसीमा झु ण्डि’ एको अवस्थामा फेला पारेका थिए ।

सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार निखिलको कोठामा केही प्रेमपत्र भेटिएको थियो । यसैबीच, तेरे बिन नही जीना, मार जाना ढोलना जस्ता हिन्दी फिल्मको गीतका शब्द चिठीमा लेखिएको प्रहरी स्रोतले जनाएको छ । कोठामा रहेका सबै प्रेमपत्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस