एक्लाएक्लै भिड्दा पनि प्रदेश १ का ५० भन्दा बढी स्थानीय तह जित्ने माओवादी पक्षकाे दाबी

काठमाडौं,नेकपा माओवादी केन्द्रले प्रदेश १ मा ५० भन्दा बढी स्थानीय तह जित्ने दाबी गरेको छ । यस प्रदेशमा १३७ वटा स्थानीय तह छन् ।माओवादीको प्रदेश १ कमिटीका सचिव गणेश उप्रेती ‘सुशील’ ले आफ्नो पार्टी बलियो भएको दाबी गर्दै एक्लाएक्लै भिड्दा पनि ती स्थानीय तह जित्ने बताए । ‘हाम्रो संगठित सदस्य बढेका छन् ।

जित्ने आधार योभन्दा बढी अरु के चाहियो र ?’, उप्रेतीले नेपाल प्रेससँग भने ।गठबन्धन गरेर चुनाव लड्दा यो संख्या ७० पुग्ने उनले बताए । २०७४ को स्थानीय चुनावमा मा‌ओवादीले प्रदेश १ का ९ स्थानीय तहको नेतृत्व जितेको थियो ।समय एमालेले माओवादी छाडेर एमाले प्रवेश गरेको भनी हंगामा मच्चाएको भन्दै त्यसले कुनै फरक नपार्ने उनको जिकिर छ ।

प्रदेश १ मा नेकपा विभाजनसँगै माओवादीका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका छन् । ओखलढुंगाका प्रभावशाली नेता बालकृष्ण ढुंगेल, ताप्लेजुङ १ ख बाट निर्वाचित प्रदेश सांसद टंक आङ्बुहाङसहितका नेताले एमाले रोजेका छन् । तर, यसले आफ्नो पार्टीलाई असर नपर्ने माओवादीका नेताहरू बताउँछन् ।

याे पनि,पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
पर्साको जिराभवानी गाँउपालिका–१ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अन्दाजी ४० बर्षीय हेमन्त दास रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा विरगंज स्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो । मंगलबार साँझ ५ बजे उनी सवार रहेको भारतिय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस