जहाज भित्र प्रत्यक्ष प्रसारणमा भिडियो खिच्दा अफ्ठेरोमा परे पत्रकार ऋषि धमला

काठमाडौं, हालै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने सन्दर्भमा पत्रकार ऋषि धमला हवाईजहाजको ककपिटमा ज’बरज’स्ती प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ ।

महासङ्घले सूचना सङ्कलन गर्न पाउनु पत्रकारको स्वतन्त्रता भए पनि सूचना सङ्कलनका नाममा सुरक्षाको दृष्टिकोणले सं’वेदनशी’ल स्थानमा ज’बर्ज’स्ती प्रवेश गर्नु पत्रकारिताको मर्यादाविपरीत भएको ठहर गरेको छ ।

महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार समाचार सङ्कलनका लागि स्वतन्त्र हुनुपर्छ र राज्यले त्यसका लागि सबैखाले व्यवस्था गर्नुपर्छ भन्ने धारणामा महासङ्घ दृढ छ, त्यस्तो स्वतन्त्रताको भरपुर उपयोग गरेर नै नागरिकसम्म सूचना पु¥याउन सम्भव हुन्छ, तर त्यस्तो स्वतन्त्रताको उपयोग गर्ने क्रममा सञ्चारकर्मीले अपनाउनुपर्ने संवेदनशीलताका सन्दर्भमा भने सञ्चारकर्मी स्वयं सचेत र स्पष्ट हुनुपर्दछ ।”

सूचनाको स्रोतसँग मर्यादित व्यवहार गर्ने, सुरक्षा सं’वेदनशी’लता प्रदर्शन गर्ने, प्राविधिक पक्षको विशेषरुपमा हेक्का राख्ने कुरामा ख्याल राखिएन भने समाचार सङ्कलनका क्रममा क्षति उत्पन्न हुने अवस्था आउनेतर्फ पत्रकार तथा सञ्चारकर्मी सधैँ सचेत हुन आवश्यक रहेको महासङ्घको भनाइ छ ।

हवाईजहाजको ककपिटजस्तो सं’वेदनशी’ल स्थानमा ज’बर्ज’स्ती प्रवेश गर्नुले अप्रत्यासित घटना पनि निम्त्याउन सक्ने भन्दै महासङ्घले त्यस्ता कुनै पनि सं’वेदनशी’ल स्थानमा प्रवेश गर्नुपूर्व लिनुपर्ने अनुमति र अपनाउनुपर्ने मापदण्डलाई पालना गर्न सबैमा अपिल गरेको छ । सो घटनाको बारेमा प्रेस काउन्सिल नेपालले पत्रकार धमलासँग आज २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ।

यस्तै प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट टेलिभिजनमा लाइभ चलाएका थिए।प्राइम टाइम्स टेलिभिजनमा गरिएको उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए।सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादा विपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएपछि धमलालाई स्पष्टीकरण सोधेको काउन्सिलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस