लिङ्देनले क’ब्जा गरे नेपाली युवाहरुको मन, युवा भन्छन अबको प्रधानमन्त्री लिङ्देन नै हुन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीति र चुनावमा युवाहरुको ह’स्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन् ।एकथरी नेताहरु विगत एकतीस वर्षदेखि सत्तामा छन् । केही सीमित नेताहरुको प्र’भावमा शासन सत्ता चलिरहेको छ । तर, देशको अवस्था ओ’रालो लाग्दो छ, प्रणाली नै अ’सफल भएको छ,’ राप्रपा अध्यक्ष लिङदेनले भने ।

‘शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई फेरी कति पटक प्रधानमन्त्री बनाए वा कति समय थप दिए देश बन्छ ? कस्तो विकास र परिवर्तन हुन्छ ? यसकारण देशमा विद्यमान निराशा चि’र्न युवाहरुले राजनीतिमा ह’स्तक्षेप गर्नु पर्दछ, चुनावमा ह’स्तक्षेप गर्नु पर्दछ,’ उनले भने ।
शनिबार राप्रपा केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रमबीच रामेछापका ६३ जना युवाहरुलाई अध्यक्ष लिङदेनले राप्रपामा स्वागत गरेका थिए ।युवाहरुको साथ सहयोगमा राप्रपाले विकल्प दिने, निष्ठावान र इमान्दार भएर जनअपेक्षा पूरा गर्ने उनले दाबी गरे । लिङदेनले भने, ‘राप्रपामा पार्टी प्रवेशको लहर नै चलेको छ । कंचनपुर, जनकपुर, पोखरा, काठमाडौँ र झापामा मात्र होइन, राप्रपाको पक्षमा देशव्यापी जनलहर चलेको छ । राप्रपा विकल्प बन्नुपर्छ भन्ने अपेक्षा छ, त्यो हामी पूरा गर्छौँ ।

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने, ‘देशको अर्थतन्त्र रेमीन्टेन्सले धानेको छ । तर, श्रम गरेर देशभित्र धन भित्र्याउने युवाहरु मतदान अधिकारबाट वञ्चित छन् । त्यसैले उन्नत प्रजातान्त्रिक मुलुकहरुमा जस्तो, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने व्यवस्था तत्काल मिलाउनु पर्दछ भन्ने राप्रपाको मान्यता छ ।’अर्का प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा व्याप्त भ्र’ष्टाचार नि’र्मूल पार्न दत्तचित्त भएर लाग्ने बताए ।

स्थायित्व र सन्तुलित परराष्ट्र नीतिका लागि राजसंस्था आवश्यक रहेको बताए ।मणिराज तामाङको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्यहरु आङछिरिङ शेर्पा र आङनिमा शेर्पाले महाधिवेशनपछि राप्रपामा युवाहरुको असाधारण आकर्षण बढेको बताए ।

प्रतिक्रिया दिनुहोस