राशिफल : वि.सं.२०७८ साल चैत्र २४ गते । बिहिबार । ईश्वी सन् २०२२ अप्रिल ७ तारिख

मेषः मानसिक तनाव बढ्नेछ । समस्याबाट टाढा बस्न पाईने छैन । अनावस्यक काममा टाउको टुखाउनु पर्ला । व्यापार व्यवसायबाट खासै उपलब्धि हात लाग्ने देखिन्न ।

वृषः घरयासी समस्या बढ्नेछन् । अरुको काम गरेर जश मिल्ने छैन । काम काजमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । अहार विहारका कारण स्वास्थ्य विग्रिन सक्छ ।

मिथुनः काम गर्ने उत्साहा बढ्नेछ । आम्दानीका हिसावले पनि दिन अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ ।

कर्कटः दिन मध्यखालको छ काम गर्दा थोरै सोच विचार गर्नु होला । ऋण लगानी नगर्नु होला । आफन्तको धेरै विश्वासमा परेर काम गर्दा हानी नोक्सानी हुनसक्छ सतर्क रहनु होला ।

सिंहः समयले साथ दिनेछ तर हेलचक्र्याई गरेर भने काम नगर्नु होला । भोज भतेर सभा समारोहमा भाग लिने अवसर आउनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ ।

कन्याः काम कुरा आफुले सोचे जस्तो कतै हुने छैनन । दैनिका काममा समस्या आउन सक्छ । मानसिक तनावमा वृद्धि हुनसक्छ । अनावस्यक खर्च बढ्नेछ । दुख,कष्ट हुनेछ ।

तुलाः काममा सोचे भन्दा राम्रो प्रगति हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि आम्दानी बढ्नेछ । जीवन साथिको सहयोग प्रयाप्त नहुनसक्छ । विवादित काममा हात नहाल्नु होला ।

वृश्चिकः भाग्यले साथ दिदा धेरै क्षेत्रमा सफलता मिल्नेछ । अधुरा कामले गति लिनेछ । इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । काममा लगनशिलता बढाउनु पर्ने देखिन्छ । गोपनियता अप्नाउनु होला ।

धनुः भाग्यको भरोसा धेरै नगर्नु होला । बाह्य काममा बढि समय व्यतित हुदा आफ्ना काम अधुरा रहन सक्छवन् । काम गरेर जश पाईने छैन । लेनदेनका काममा टाउको दुखाई हुनेछ ।

मकरः अनावस्यक तनावमा परिनेछ । काम गर्ने जोश जागर घट्नेछ । अनावस्यक विवादमा पर्न सकिन्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

कुम्भः जीवन साथिको साथ मिल्नेछ तर प्रयाप्त हुने छैन । प्रयत्न गरेमा नयाँ काम हात लाग्न सक्छ । स्वतन्त्र व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । यात्राको योग देखिन्छ ।

मिनः काम गर्दा शत्रु बढ्ने देखिन्छ गोपनियता अप्नाई काम गर्नु होला । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । मेहनत अनुसारको प्रतिफल मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस