कविता सुनुवार हत्या प्रकरण : तीन साताअघि नै यसरी बनेको थियो हत्याकाे योजना !

उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे टयुसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी सहपाठी १७ वर्षीया सरिता ढकाल (खत्री) उनको ठूलो बुवाको छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

कविता सुनुवार हत्या प्रकरण
बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको एउटै कक्षामा पढ्ने अति मिलनसार सहपाठीको योजनामा बेलका नगरपालिका–३ डंगटोलस्थित बाँसघारीमा हत्या गरिएको थियो । बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हिर्काएर ढालेका थिए । ढलि सकेपछि दुवै जनाले कवितालाई ४० मिटर घिसार्दै लगी यशोदा खोला किनाराको काठको गोलिया पु¥याएर पुन ढुंगाले हिर्काई मरेपछि लुकाएका थिए ।

सरिता ढकाल (खत्री)ले दुई तीनसाता अघि नै कविता सुनुवारलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष दिएको बयानमा उल्लेख गरिएको छ । हत्या गर्ने दिन बिहान ४ बजेर ५ मिनेट जाँदा आरोपित ढकालले कविताको मोबाइलमा एसएमएस गरी विद्यालयले सञ्चालन गरेको अतिरिक्त कक्षा (ट्युसन कक्षा) जान बोलाएको देखिन्छ । मृतक कविताले प्रयोग गर्ने मोबाइलमा सहपाठी ढकालले बोलाएर गएको तर विद्यालय पुग्नुअघि नै उनको ज्यान गए पनि सरिता भने विद्यालय नगएको देखिन्छ ।

हत्या आरोपित बेलका नगरपालिका–३ किराँत चोककी सरिता ढकाल (खत्री) घरमा बस्दै आए तापनि विनोद भने भारतको सिक्किम राज्य बियुङ घर भई एक वर्षदेखि काका जितबहादुर ढकालको घरमा बस्दै आएका थिए । मृतक कविताले आपूmलाई विद्यालयमा ससानो कुरामा चिढ्याउने, होच्याउने गरेकाले मार्ने योजना बनाएको सरिताले बयान दिएकी छन् । आपूmलाई अपहेलना गर्ने काम बारम्बार भएकाले आपूmले दाजु विनोद ढकाललाई भनी मार्ने योजना बनाएको उल्लेख गरिन् ।

बेलका नगरपालिका–३ बुद्ध चोकका कृष्ण सुनुवारकी छोरी कविता मृत अवस्थामा भेटिएको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमान्डको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट सरिता ढकाल (खत्री)लाई पाँच दिन र विनोद ढकाल (खत्री) लाई सात दिन म्याद थप गरी अनुसन्धान थालिएको छ । राजधानी

प्रतिक्रिया दिनुहोस