नवलपरासी जिल्ला अदालतले पनि पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने दियो आदेश !

काठमाडौं–यसअघि तनहुँ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको थियाे। दुवै जिल्ला अदालतले एकै आदेश दिएपछि मुद्दाको किनारा नलागेसम्म शाह थुनामा रहने भएका छन्।बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो। नवलपुरमासमेत परेको बला’त्का’रको उजुरी घटनामा थुनछेक बहसका लागि शाहलाई मंगलबार तहनुँबाट पठाइएको थियो।

शाहविरुद्ध एक नाबालिक गायिकाले तनहुँ र नवलपुरमा ब’ला’त्कार उजुरी दर्ता गराएकी थिइन्। तनहुँ अदालतले शाहलाई पुर्पक्षमा थुनामा राख्न आदेश दिइसकेको छ। नवलपरासी घटनाको भने थुनछेक बहसनै भएको थिएन।

थुनमा राख्ने आदेशसँगै तनहुँबाट आएका सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई फिर्ता लगेको जिल्ला अदालत नवलपरासीले जनाएकाे छ। पीडित नाबालिक गायिकाको तर्फबाट ३ जना सरकारी वकिल र २ कानुन व्यवसायीले बहस गरेका थिए। शाहका तर्फबाट ९ जना कानुन व्यवसायी बहसमा उत्रेका थिए।

पीडित पक्षका कानुन व्यवसायी र सरकारी वकिलले शाहले बला’त्कार ग’रेको यथेष्ट प्रमाण भएको दाबी गर्दै नाबालिक गायिकाको माग बमोजिम १२ देखि १४ वर्ष कैद सजाय हुनेपर्ने जिकिर गरेका छन्।शाहले भने तनहुँ जिल्ला अदालतको आदेश बदर माग गर्दै साधारण तारेखमा रिहाको माग गर्दै उच्च अदालत कास्कीमा रिट दायर गरेका छन्। उक्त रिटको सुनुवाइ हुन बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस