आज फेरी बढ्यो सुनको मूल्य, कसरी हुदै छ कारोबार ?

काठमाडौँ, सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ । चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।

याे पनि,हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९२ पैसा र बिक्री दर १२१ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ८५ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ १५ पैसा र बिक्री दर १५८ रुपैयाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४९ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ५५ पैसा र बिक्री दर ९२ रुपैयाँ छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २४ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर ११ रुपैयाँ एक पैसा र बिक्री दर १९ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ नौ पैसा र बिक्री दर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस