पाँच वर्षमा आफ्नो बुद्धि, विवेक भरपुर प्रयोग गरें , यसको मूल्यांकनको जिम्मा म जनतालाई दिन्छु : रेनु दाहाल

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालले पाँच वर्षमा आफ्नो बुद्धि, विवेक भरपुर प्रयोग गरेकाले दोस्रो कार्यकालमा दोहोरिनेबारे मूल्यांकनको जिम्मा जनतालाई दिन बताएकी छिन् । उनले आफ्नो पाँच वर्षको कामको बारेमा जानकारी दिर्दै यस्तो बताएकी हुन् ।

उनले अर्को कार्यकाल दोहोरिनेबारे के सोच्नुभएको छ भन्ने प्रश्नमा भनिन ,पाँच वर्षमा आफ्नो बुद्धि, विवेक भरपुर प्रयोग गरें । यसको मूल्यांकनको जिम्मा म जनतालाई दिन्छु । अब दोस्रो कार्यकालमा दोहोरिने व्यक्तिगत रूपमा इच्छा छैन । हिजो पार्टीले भनेको भरमा चुनाव लडेको हुँ । गठबन्धन त पछि न भएको हो ।

पाँच वर्षमा विकासको जे काम थालनी भएको छ, त्यसलाई सम्पन्न गर्नुपर्छ, फेरि उठ भन्यो भने फेरि तयार हुनुपर्छ । मुख्य कुरा पार्टीले के भन्छ, त्यही हो । पार्टीले भन्यो भने सिंगल लड्न पनि तयार, गठबन्धन भए पनि तयार ।

प्रतिक्रिया दिनुहोस