ओलीले बर्बाद पारेकाे देश प्रधानमन्त्री देउवाले ट्याकमा ल्याएर सम्बृद्धीतर्फ लैजानु भयो: डा.आरजु

काठमाडौं :नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रभावशाली नेतृ डा. आरजु राणा देउवाले केपी ओलीले बिगारेको देश प्रधानमन्त्री शेरबहादुर देउवाले ट्याकमा ल्याएर सम्बृद्धीतर्फ लैजान लागेको बताएकी छन्।

नेपाली काँग्रेस कैलालीको कार्यक्रममा मंगलबार धनगढीमा कार्यकर्ता सम्बोधन गर्दै नेतृ देउवाले केपी ओलीले दुई तिहाईको सरकार समेत चलाउन नसकेर देश बर्बाद पारेको बताइन। डा. राणाले ओलीले बिगारेको सबैथोक प्रधानमन्त्री देउवाले सबै मिलाएर सही दिशामा अगाडी बढाएको बताईन्।

‘जनताले दुई तिहाई दिएर सरकारको नेतृत्व दिएको थियो’ नेतृ रणाले भनिन् –‘जनताको मतको रक्षा गर्न नसक्दा अन्तिममा काँग्रेसले समाहल्नु पर्ने अबस्था आयो।’

सबै बिचारलाई मिलाउन सक्ने क्षमता भएर नै देशको कार्यभार काँग्रेसको काँधमा आएको उनले बताईन्। सबै बिचारलाई समेटेर लैजान सक्ने खुबी काँग्रेसकै मात्र भएको भन्दै अबको निर्वाचनमा एकजुट भई जनमत सृजना गर्न सबैलाई आग्रह गरिन्।

भर्खरै कैलालीको जिल्ला कार्यसमितिमा नयाँ टिम आएकोले धेरै जिम्मेबारी काधमा आएको बताउदै तिन तहकै निर्वाचनमा आफ्ना उम्मेदबार जिताउन लाग्न नेतृ राणाको आग्रह थियो। नयाँ टिम नयाँ जोशका साथ कार्यकर्तामा माँझ एजेन्डा लिइएर जान पनि उनले अनुरोध गरिन्।

हामी सरकारमा आएपछि बिश्वले र नेपाली जनताले बल्ल सरकार भएको महसुस गरे : प्रधानमन्त्री शेरबहादुर देउवा
शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताए। नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहमा उनले नेपाल र नेपाली जनताको हित प्रवर्द्धनमा

केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न सक्रियताका साथ अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने लक्ष्य राखेको धारणा व्यक्त गरे।

प्रधानमन्त्री देउवाले कोभिड–१९ ले निम्त्याएको सीमितताका बाबजुद सरकारले अन्तर्राष्ट्रिय संलग्नतालाई तीव्रता दिइरहेको उल्लेख गर्दै त्यस्ता फोरमहरूमा नेपालको सक्रिय र अर्थपूर्ण सहभागिताले हाम्रो अन्तर्राष्ट्रिय दृश्यता बढाउन मद्दत गरेको धारणा व्यक्त गरे।

यसबाट जलवायु परिवर्तन, खाद्य सुरक्षा, भ्याक्सिन समानता, लोकतन्त्र र सुशासन जस्ता विश्वव्यापी महत्वका मुद्दाहरूमा हाम्रा सिद्धान्तहरू, प्राथमिकताहरू र चासोहरूलाई आवाज उठाउने अवसर प्रदान गरेको उनको भनाइ थियो।

सरकारले घोषणा गरेको साझा न्यूनतम कार्यक्रमले कार्यान्वयन गर्नुपर्ने प्रमुख प्राथमिकताहरू उल्लेख गरेको जानकारी गराउँदै उनले भने, “राष्ट्रिय र जनताको हितको संरक्षण तथा प्रवर्द्धन सरकारको प्रमुख प्राथमिकतामा रहेको छ।

प्रतिक्रिया दिनुहोस