प्रचण्ड र माओवादीले गर्दा हामी स्वतन्त्र रुपमा बाँच्न पाएका छौँ – गायक राजेश पायल

काठमाडौ । चर्चित गायक राजेशपायल राईले संसारभरि छरिएर नेपालीहरुले आफूलाई मन पराउने बताएका छन् । उनले आफू विदेश गएपछि लोकगीत गाउन मन पराउने पनि खुलासा गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायक राईले यस्तो बताएका हुन् ।

उनले देशले आवश्यक ठान्यो भने आफू राजनीतिमार्फत योगदान पुर्याउन तयार रहेको सुनाए । उनले आफ्नो घरपरिवारका सदस्यहरु सबै पार्टीमा आवद्ध रहेको पनि जानकारी दिए ।

उनले आफू भने राजनीतिमा आउने सोचमा नरहेको जिकिर गरे । कुन पार्टीमा जाने ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले अहिले केही खुलासा गरेनन् । तर, देश विकास र जनताको भलो गर्नु नै राजनीति भएको सुनाए ।

एक प्रंगमा उनले माओवादीलाई इंकिद गर्दै नेपालीको अधिकार प्राप्त गर्न सबैभन्दा ठूलो भुमिका खेलेको पाटी सबैले बुझेको बताए ।

यो पनि हेर्नुहोस, गृहमन्त्री खाणद्वारा मुख्यमन्त्री र प्रजिअलाई टेलिफोन

गृहमन्त्री बालकृष्ण खाणले तीन प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरेका छन् ।

आइतबार विहान गृहमन्त्री खाणले प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राई, मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउत र लुम्बनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीसँग कोभिड–१९ र सित लहर प्रभावितको अवस्थाबारे जानकारी लिएको गृहमन्त्री खाणको बताए ।

साथै उनले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ सङ्क्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिएका बताए ।

कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसँग शीतलहर तथा कोरोना सङ्क्रमणबाट नागरिकलाई जोगाउन भइरहेका प्रयासबारे पनि जानकारी लिएका उनले रातोपाटीलाई बताए ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले गृहमन्त्री खाँणले सीमा क्षेत्रमा एन्टिजेन परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र शीत लहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास तथा योजनाबारे मन्त्री खाँणले जानकारी लिएको बताए ।

गृहमन्त्रीले सीमानाकामा जाँच कडाइ गर्न, होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न तथा शीत लहरमा नागरिकलाई बचाउन विपद्बाट आएको रकमले दाउरा र कम्बल वितरण गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्याउने व्यवस्थाबारे पनि चासो राखेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाणले जानकारी लिएको बताए ।

‘घरमै आइसोलेसनमा बस्न चाहने सङ्क्रमितलाई घरसम्म पुर्याउन गरिएको व्यवस्था जानकारी लिँदै सङ्क्रमितलाई सहजरूपले घरसम्म पुर्याउने व्यवस्था गर्न, होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याउन एन्टिजेन परीक्षण बढाउन र पोजेटिभ देखिएका तर भ्याक्सिन नलगाएकालाई भ्याक्सिनको व्यवस्था गर्न निर्देशन दिनुभयो’, प्रजिअ दाहालले भने ।

गृहमन्त्री खाणले झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था र एन्टिजेन परीक्षणबारे टेलिफोनमार्फत जानकारी लिएका थिए ।

गठबन्धनमा आबद्ध दलबीच जिल्लास्तरमै तालमेलको प्रयास

काठमाडौ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले जिल्लास्तरमै तालमेलको गृहकार्य सुरु गरेका छन् । केही जिल्लामा वडा तहसम्मै तालमेल गर्ने निर्णय भएको छ, केहीमा तालमेलबारे दलहरूले छलफल सुरु गरेका छन् । यद्यपि, जिल्लास्तरमा तालमेलको सहमति भए पनि केही पालिकामा स्थानीय कमिटीमा तालमेलप्रति असहमतिका धारणाहरू पनि सार्वजनिक भइरहेका छन् ।

अछाममा नेपाली का‌ंग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जिल्लाका १० वटै स्थानीय तह र ९१ वटै वडामा गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेका छन् । वर्तमान राजनीतिक परिस्थिति र केन्द्रीय गठबन्धनलाई आत्मसात् गर्दै गठबन्धन गर्ने सहमति भएको दलहरूले बताएका छन् ।

कांग्रेसका अछाम जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी जिल्ला संयोजक रवीन्द्र साउद र समाजवादीका जिल्ला अध्यक्ष हिरण्य भट्टराईले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न स्थानीय तहका कमिटीहरूलाई पनि आग्रह गरेका छन् ।

कञ्चनपुरमा पनि सत्तारुढ गठबन्धनमा आबद्ध दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् । कांग्रेसको पार्टी कार्यालयमा गत सोमबार बसेको माओवादी, समाजवादी र राष्ट्रिय जनमोर्चासहित चार दलको बैठकले स्थानीय तहमा राजनीतिक दलहरूको शक्तिका आधारमा तालमेल गर्ने सहमति गरेको हो ।

‘केन्द्रमा भएको गठबन्धन गरेर जाने निर्णयको स्वागत गर्ने र जिल्लामा पनि वडासम्मै तालमेल गर्ने निर्णय गरेका छौँ,’ माओवादी केन्द्रका जिल्ला संयोजक खेम पाण्डेयले भने, ‘कुन तहमा कुन पार्टीले लिने भन्नेबारे यही बुधबार बस्ने गठबन्धनको बैठकमा छलफल गर्नेछौँ ।’ जुन पालिकामा जसको पकड र मतभार बढी छ त्यसका आधारमा नेतृत्व भागबन्डा गर्ने सहमति भएको उनले बताए ।

कञ्चनपुरका नाै स्थानीय तहमध्ये अहिले एमालेले तीन तथा कांग्रेस, माओवादी र समाजवादीले दुई–दुई तहको नेतृत्व गरिरहेका छन् । जिल्ला तहमा सहमति भए पनि कांग्रेसको भीमदत्त नगर कमिटीले भने नगरपालिकामा कांग्रेसले कसैसँग तालमेल नगर्ने निर्णय मंगलबार गरेको छ ।

सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी १३ वटा स्थानीय तह रहेको कैलालीमा पनि गठबन्धनमा आबद्ध दलहरू चुनावमा मिलेर जान सहमत छन् । सत्तारुढ पाँच दलका नेताहरूबीच गत १५ चैतमा बसेको बैठकमा वडा तहसम्मै गठबन्धन गर्नुपर्ने विषयमा दलहरूले सैद्धान्तिक सहमति जनाएका छन् ।

तर, तालमेलबारे निर्णय भने भएको छैन । कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टले कैलालीमा पनि गठबन्धन गरेरै चुनावमा जाने बताए ।

‘पाँचदलीय गठबन्धनबीच यहाँ पनि तालमेल हुन्छ,’ उनले भने, ‘यसबारे निर्णय गर्न यो बुधबार गठबन्धनको बैठक बस्दै छौँ ।’ उनले केन्द्रमा गठबन्धनको सरकार रहेकाले जिल्लामा पनि गठबन्धन हुने बताए । तालमेलबारे कांग्रेसले आफ्नो पार्टीका तल्ला कमिटीहरूबाट सुझाव मागिएको सभापति भट्टले बताए । प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीलगायत केही तहका कांग्रेसका कमिटी तालमेल गर्नुपर्ने पक्षमा छन् । यहाँका १३ तहमध्ये अहिले एमालेका सात, कांग्रेसका चार र माओवादीले दुई तहको नेतृत्व गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गठबन्धनका पाँच दलको बैठकले केन्द्रमा भएको चुनावी तालमेलको निर्णयको स्वागत गर्दै गठबन्धनलाई प्रभाव पार्ने किसिमका अभिव्यक्ति कसैले नदिने सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस