मेरो ठाउँबाट, मेरो पार्टी र मैले धेरै त्याग तपस्या गरेर यहाँ सम्म नेपाल आई पुगेको छ: प्रचण्ड

सिरहा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आउने निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा नलिन अनुरोध गरेका छन् । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर अधिकारकारको रक्षा गर्ने र थप अधिकारको लागि लडाई लड्ने अभियान भएको बताए ।

अहिले पनि राजावादी शक्तिहरु एकजुट हुन कोशिस गरिरहेको भन्दै अझै पनि संविधान सुरक्षित नरहेको उनले बताए । केपी ओली प्रधानमन्त्री रहेको बेला दुई पटक प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रतिगामीहरु संविधान मास्ने खेलमा लागिरहेको दाबी गरे । ‘अहिले पनि पूर्व राजावादीहरु, जो आजपनि राजावादी नै हुन, र केपी ओली नेतृत्वको एमाले सरसल्लाह गर्दै छ, उनीहरु यो संविधान उल्टाउने कसरतमा छन्’ उनले भने ‘त्यसैले यो निर्वाचन नेपालीहरुको आत्म सम्मानको रक्षा गर्ने, प्रतिकृयावादीहरुलाई पररास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षागर्ने, समानता र आत्मसम्मानको रक्षागर्ने ? या प्रतिकृयावादीलाई छोडदिने भन्ने लडाई हो’ अध्यक्ष प्रचण्डले भने ।

माओवादीकै कारण देश यहाँसम्म आइपुगेको जिकिर गरे । उनले भने, ‘त्यस कारण मैले जनयुद्ध, १२ बुँदे सम्झौता, शान्तिसम्झौता, संघिय लोकतन्त्रको घोषणा, संविधानसभा निर्वाचन, निर्वाचनबाट जुन समृद्ध नेपालको सपना देखेर मेरो ठाउँबाट, मेरो पार्टी र म अध्यक्ष भएको हैसियतले धेरै त्याग तपस्या गरेर यहाँ सम्म नेपाल आई पुगेको छ ।’

अहिले आफू प्रतिकृयावादीहरुको लागि घाटीमा अल्झेको हाडजस्तै भएको भन्दै आफ्नो चरित्रहत्यामा उत्रिएको बताए । उनले भने, ‘अहिले माओवादी केन्द्र, त्यसको नेतृत्व मूख्यतः प्रचण्ड प्रतिकृयावादीहरुको लागि बडो गाह्रो परेको छ । उनीहरु अहिलेपनि कसरी माओवादीलाई खुम्च्याउन सकिन्छ ? प्रचण्डलाई घेरा हाल्न सहिन्छ होला भनेर लागिरहेका छन् ? त्यसैले उनीहरु भए नभएको कुरा गरेर मलाई ‘ह्यूमिलेट’ गर्न खोजी रहेको छ ।’

उनले ओली मधेश विरोधी भएको बताए । उनले केपी ओलीकै कारण संसदबाट नागरिकता विधेयक पारित हुन नसकेको दाबी गरे ।
‘मैले अध्यादेशबाटै भएपनि नागरिकता विधेयक ल्याएर सधैको लागि नागरिकताको समस्या समाधान गरौं भने, तर अदालतले संसदबाट नै नागरिकता विध्ययक पारित गर्नु भन्ने आदेश दिएकाले गर्न सकिएन । आज नेकपा एमालले संसदलाई बन्धक बनाएर राखेको छ’उनले भने ।

अध्यक्ष प्रचण्डले नागरिक्ता भएका व्यक्तिको सन्तानले नागरिक्ता नपाउनु भनेको दुखद विषय भएको भन्दै चाँडै सदनबाटै नागरिकता विधेक पास हुने बताए । उद्घाटन कार्यक्रममा शिक्षा तथा प्रविधि राज्य मन्त्री बोधमायाँ यादव, मधेश प्रदेशका आन्तरिक मामिला तथा सूचना मन्त्री भरत प्रसाद साह लगायतले मन्तव्य राखेका थिए । नगर अध्यक्ष श्रवण यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस