ट्राफिक नियम तोडेपछि अल्लु अर्जुनले तिरे जरीवाना

पछिल्लो समय ‘पुष्पा’ फिल्मबाट चर्चामै रहेका अभिनेता अल्लु अर्जुनले रियल लाइफमा ट्राफिक नियम मिचेपछि जरीवाना तिरेका छन्।फिल्ममा प्रहरीसँग दुस्मनी, तस्करी, हत्या जस्ता आपराधिक गतिविधिमा संलग्न रहेका अल्लुले रियल लाइफमा समेत नियमको पालना नगरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।

यसैबीच ट्राफिक नियम पालना नगर्दा ट्राफिक प्रहरीले उनलाई जरीवाना तिराएको छ। अढाइ करोड भारूको लक्जरी कार रेञ्ज रोभर चढ्ने अल्लु अर्जुनले कारमा कालो सिसा राखेको भन्दै ट्राफिक प्रहरीले उनलाई जरीवाना तिराएको हो।

हैदरावादको बिजी सेन्टरमा पुलिसले उनलाई केही समय रोकेर गाडीबाट कालो सिसा हटाएर चलान काटेपछि मात्र छाडेको थियो। भारतमा गाडीमा कालो सिसा लगाउन नपाइने भएता पनि फिल्मी स्टारहरूले भने लगाउने गरेका छन्।नेपालमा पनि कालो सिसा भएको निजी सवारी चढ्नु नियमविपरीत मानिन्छ।

प्रतिक्रिया दिनुहोस