जन्मदिन मनाउन युवकले गरे सिंगो रेल बुक, तर खर्च गरेको रकम भन्दा कमाए लाखौं रुपैया बढी

एजेन्सी, कहिले काहिँ मानिसले अनौठा कृयाकलाप गर्छन । भारतमा एक युवाले यस्तै हर्कत गरेका छन् । उनले साथीहरुलाई पार्टी दिन पुरै रेल बुक गरे । तर उनले त्यसका लागि जति पैसा खर्च गरे त्यो भन्दा धेरै कमाए ।

उनले आफ्नो जन्मदिनका लागि पुरै रेल बुक गरेका हुन् । भारतीय राजधानी दिल्लीमा मानिसहरु मेट्रो रेलमा ठेलम्ठेल गरेर यात्रा गर्ने गर्छन । रेलमा सिट पाउनु ठूलै युद्ध जितेजस्तो हुन्छ उनीहरुलाई । कतिपय अवस्थामा त उभिनका लागि पनि ठाउँ हुन्न । अन्य सहरमा उस्तै स्थिति छ । तर केही युवाहरुको यस्तो रवैया देखेर तपाइँलाई अचम्म लाग्न सक्छ ।

हो, क्रेजी एक्स वाइ जेड नामको युट्यूबरले यस्तै गरेका छन् । अमित नाम गरेका ती व्यक्तिले आफूले जयपुरमा मध्यरातमा घुम्नका लागि सिंगै रेल बुक गरे । उनले रेलका चालकसँग कुरा गरे र रेलको चालकको कक्षमा गएर चालकलाई अगाडि र पछाडि लैजान भने । त्यति मात्र होइन उनले साथीहरुलाई रेलमा खाना मगाएर खाए पनि ।

केहीबेर रमाइलो पनि गरे उनीहरुले । खेल खेले, नक्कली बन्दुक लिएर एकअर्कामा आक्रमण पनि गरे । खाली रेलमा यसरी भोज गरी युट्यूबबाट ७५ लाख भ्यूज पनि बटुले । जसवाट उनले आफ्नो जन्मदिनमा खर्च भएको रकम मात्र उठाएनन् त्यो भन्दा बढी लाखौं रुपैया फाइदा पनि गरे । उनको त्यो भिडियो अझै भाइरल भइरहेको छ । भ्युज बढ्ने क्रम जारी नै छ ।

प्रतिक्रिया दिनुहोस