युक्रेनका राष्ट्रपति जेलेन्स्कीको यस्तो भावुक सन्देशले फेरि एकपटक संसारलाई रुवायो

हालै संम्पन्न भएको अस्कर अवार्ड वितरण समारोहमा उद्घोषक एमी स्कुमरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो देशवि रु द्ध रूसको क्रु’र यु द्धको बारेमा संसारलाई सचेत बनाउन पर्ने सुझाव दिएकी थिइन् ।

एमीको उक्त सुझाव कार्यान्वयन सम्भव नभए पनि हिजो संम्पन्न ग्र्यामी अवार्डमा युक्रेनी राष्ट्रपतिको भर्चुअल उपस्थिति र उनको सम्बोधनले धेरैलाई भावुक बनाएको छ ।गायक जोन लेजेन्डले युक्रेनका जनताहरुलाई आफ्नो प्रस्तुति समर्पण गर्न लाग्दा जेलेन्स्की भर्चुअल माध्यममार्फत उपस्थित भए । जेलेन्स्कीको उपस्थितिसँगै उनले दिएको सन्देशले केहीबेर समारोहको माहोल नै भावुक हुन पुग्यो ।

उनले भने, ‘यु द्धले हामीलाई को जिउँछ र को अनन्तकालका लागि मौन हुन्छ भनेर छान्न दिदैँन , हाम्रा देशका संगितकारहरु टक्सिडो लगाएर आफ्नो प्रस्तुती दिइरहनु पर्नेको सट्टा आर्मर लगाएर यु द्ध मैदानमा छन् , उनीहरु घा इ’तेहरुको लागि अस्पतालमा गीत गाउन बाध्य छन् तर विडम्बना उनिहरुले गाएको गीत घा इ’तेहरुले सुन्न पनि सक्दैनन् तर सायद संगित उनीहरुको मनसम्म पुग्छ होला।’

उनले थपे, ‘हामीलाई हाम्रै देशमा बाँ च्न पाउने अधिकारबाट वञ्चित गराइरहेको छ । हामी रसियासँग ल ड्दै गर्दा प ड् किएका ब’महरुले एउटा भ या’नक सन्नटा छाउँछ , त्यो सन्नटालाई आज तपाईंको संगीतले मेटाइदिनुस् , त्यो सन्नटालाई आज हाम्रो कथा भनेर मेटाइदिनुस् तपाईंहरु जहाँ जसरी सक्नु हुन्छ हामीलाई सहयोग गर्नुस् तर मौन नबसदिनुस् ।

प्रतिक्रिया दिनुहोस