बेलायती मिसाइलको नामबाट दुई युक्रेनी बालबालिकाको नामाकरण

एजेन्सी, युक्रेनमा जन्मिएका दुई बालबालिकाको मिसाइलको नामबाट नामाकरण गरिएको छ । रुससँग युद्ध चलिरहेको बेला जन्मिएका उनीहरूको नाम बेलायती मिसाइलको नामबाट नामाकरण गरिएको हो ।

युक्रेनी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले बालकको नाम ज्याभेलिन र बालिकाको नाम ज्याभेलिना राखिएको बताएको छ ।युक्रेनी पूर्वफर्स्ट लेडी कटरिना युस्चेन्कोका अनुसार यी नामहरू भिनित्सिया शहरमा दर्ता भएका छन् । बेलायती मिसाइलको नामबाट बालबालिकाको नामाकरण गरिनु युक्रेनमा पठाइएको पश्चिमा हातहतियारप्रतिको कृतज्ञताको सङ्केत रहेको पनि उनले बताएकी छिन् ।

याे पनि,पशुपति धर्मशालामा तालाबन्दी गर्ने सरकारको दोस्रो प्रयास पनि असफल
पाशुपत क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालामा तालाबन्दी गर्ने पशुपति क्षेत्र विकास कोषको दोस्रो प्रयास असफल भएको छ । कोषका पदाधिकारी तालाबन्दी गर्न आएको भन्दै बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि उनीहरू फर्किएका छन् । गत साताको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित कोषका पदाधिकारी धर्मशालामा तालाबन्दी गर्न पुगेका थिए । तर, तालाबन्दी गर्न भने सकेनन् ।

शुक्रबार पनि कोष पदाधिकारी धर्मशाला पुगे । तर, धर्मशालाको गेट नखोलेपछि कोषका पदाधिकारी फर्किए । आनन्द बतास समूहका प्रबन्ध निर्देशक जेपी पोखरेलले तालाबन्दी गर्न आएकाले गेट नखोलेको जानकारी दिए । काेषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारी नरहेको भन्दै गेट खोल्न नमानेका हुन् । यो विषय अदालतमा विचाराधीन रहेकाले त्यहाँबाट हुने फैसला आफूहरूलाई मान्य हुने बताउँदै ती कर्मचारीले गेट नखोल्ने जिकिर गरे ।

जनप्रतिनिधिको रोहवरमा तालाबन्दी गर्ने कोषको प्रयास पनि असफल भएको छ । धर्मशालाको विषय अदालतमा विचाराधीन रहेको भन्दै तालाबन्दी गर्ने विषयमा काठमाडौं महानगर वडा ८ का अध्यक्ष दिनेश डंगोलले हस्ताक्षर गर्न मानेनन् ।

प्रतिक्रिया दिनुहोस