पेट्रोल–डिजेलपछि अब भारतमा कागतीको मूल्यको चर्चा

पेट्रोल–डिजलको मूल्य आकासिएपछि अब भारतमा कागतीको मूल्यको चौतफी चर्चा भइरहेको छ । भारतमा एक किलो कागतीको मूल्य २ सय देखि १५० भारुसम्म पुगेको छ । दिल्लीको गाजीपुर मण्डीका एक विक्रेताले समाचार एजेन्सीसँग भने, ‘एक किलोको सय भारुसम्म त ठिक थियो तर एक किलो कागतीका लागि २५० भारु अति नै धेरै हो ।

मानिसहरु यति महँगो कागती किन्न चाहँदैनन् । यति मूल्यमा हामीलाई पनि कागती किन्न मुश्किल छ ।’यस्तै, महाराष्ट्रको नागपुरमा केही विक्रेताले एएनआईसँग कागतीको मूल्य आपूर्तिको कमीका कारण बढेको बताएका छन् । उनले भने, ‘यहाँ कर्नाटकबाट सबैभन्दा धेरै कागती आउँछन् र आन्ध्र प्रदेशबाट पनि आपूर्तिका साथै स्थानीय उत्पादन पनि कम छ ।

५ सय देखि एक हजार भारुमा सयवटा कागती किन्न पनि मुश्किल छ ।’ नागपुरमा रेष्टुरेन्ट चलाउने जुही भन्छिन्, ‘कागती हाम्रो लागि आवश्यक छ, जेमा पनि कागती चाहिन्छ । यो यति महँगो छ कि यो अब सुन किनेको जस्तो भएको छ ।’

प्रतिक्रिया दिनुहोस