फुटबलर क्रिस्टियानो रोनाल्डोकी प्रेमिकाले रोनाल्डोसँग लिन्छिन् यति धेरै पारिश्रमिक

एजेन्सी । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकै धनी खेलाडी मध्येमा पर्छन् ।रोनाल्डो फुटबलका कारण मात्रै होइन व्यक्तिगत कारण पनि चर्चामा रहने गरेका छन् । पोर्चुगलमा जन्मेका रोनाल्डो म्याचेस्टर युनाइटेड फुटबल क्लवमा आवद्ध छन् । यसपटक उनी आफ्नो पे्रमिका जर्जिना रोड्रिग्वेजको कारण चर्चामा आएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रोनाल्डो आफ्नी पे्रमिकाको खर्चका लागि मासिक ८३ हजार पाउण्ड (१ करोड भन्दा माथि) मासिक रुपमा पारिश्रमिक दिने गरेका छन् ।बेलायती संचार माध्यमहरुले यसलाई रोनाल्डोले आफ्नी प्रेमीकालाई दिएको तलव भन्ने गरेका छन् ।

उनले आफ्नी प्रेमिकालाई मासिक रुपमा त्यो रकम आफ्ना छोराछोरीको हेरचाहका लागि उपलब्ध गराउने गरेका हुन् । यसअघि रोनाल्डोले जर्जिनालाई २ करोड भन्दा बढी मूल्यको कार उपहारमा दिएका थिए । अहिले रोनाल्डो र जर्जिना एक विलासी जीवनशैली बिताइरहेका छन् । उनीहरू सन् २०१७ देखि एकसाथ बस्दै आएका छन् ।

जर्जिना पेसागत रुपमा एक मोडल हुन् । उनी धेरै ठूला ब्रान्डहरूको विज्ञापनमा पनि देखिएकी छिन् । इन्स्टाग्राममा उनको ३६ करोड भन्दा बढी फलोअर्स छन् । हालै जर्जिनामाथि बनेको डकुमेन्ट्री ‘आई एम जर्जिना’ मा उनको जीवनको सबै पक्षको चर्चा गरिएको छ ।

बेलायती पत्रीका ‘द मिरर’ का अनुसार कुनै समय एउटा कम्पनीको स्टोरमा काम गर्ने जर्जिनाको जीवन रोनाल्डोसँग आबद्ध भएपछि पूरै परिवर्तन भएको हो । उनी अहिले निकै विलासी जीवनशैली बिताइरहेकी छिन् ।उनी निकै आलिसान घरमा बस्छिन् । उनको घरमा स्विमिङ पूल, जिमखाना र फुटबल मैदान पनि छ । उनी हवाई यात्राका लागि आफ्नो व्यक्तिगत जेटको प्रयोग गर्छिन् ।

प्रतिक्रिया दिनुहोस