म’रिसकेको राजसंस्थाको एजेण्डा बोकेर जनताको भविष्यमाथी खेलबाड नगर्नुहोस, भोलि मेरै बाटोमा आउनु पर्नेछ: कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले २०६३/६४ ताका “मरेको लाश नबोकौ दाई” भनेर सल्लाह दिने भाईहरु अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालिको वर्षा गरिरहेको देख्दा हाँसो लागेको बताएका छन्।

अध्यक्ष थापाले गालिगलौजको सट्टा निर्मल निवासलाई सोध्न आग्रह गरेका छन्। “गत १५ वर्षमा राजसंस्था पुनस्थापना गर्न राजाको के भुमिका रह्यो? पटकपटक राप्रपा कमजोर पार्ने काम किन भयो?”, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

हेर्नुहोस उनले सामाजिक सञ्जालमा लेखेका शब्दहरु जस्ताको तस्तै,
“२०६३/६४ ताका “म’रेको लाश नबोकौ दाई” भनेर सल्लाह दिने भाईहरु अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालिको वर्षा गरिरहेको देख्दा हाँसो लाग्छ। गालिगलौजको सट्टा निर्मल निवासलाई सोध्नोस-गत १५ वर्षमा राजसंस्था पुनस्थापना गर्न राजाको के भुमिका रह्यो?

पटकपटक राप्रपा कमजोर पार्ने काम किन भयो? असंभव एजेण्डा बोकेर आफ्नो र युवाहरूको भविष्य माथि खेलवाड गर्ने काम छोडनोस्। मैले त छोडे। हेरि राख्नु होला, केहि वर्षपछि भाईहरु पनि मेरै बाटोमा आउनुपर्छ।
राजसंस्थाको माया त मलाई अहिले पनि लाग्छ। तर, के गर्नु “उनको” व्यवाहार र सोचाई नै गलत भयो। त्यसैले गालि गलौजमा समय खेर नफाल्नोस्।”

प्रतिक्रिया दिनुहोस