फेरी प्रमाणित भयो प्रचण्डजी, तपाईं दक्षिण एसियाकै राजनेता हो : ऋषि धमला

जनता जान्न चाहन्छन कार्यक्रममा पत्रकार ऋषि धमलाले प्रचण्डलाई राजनेता नै हुनुहुन्छ भनेर बताएका छन् ।आजको अन्तर्वार्तामा पत्रकार रिसी धमलाले यसो बताएका हुन् ।

मलाइ तपाइको चाकडी गरेको भनुन केहि भएन तर तपाइँ यो देश जोगाउने र बनाउने नेता नै हुनुहुन्छ भनेर धमालाले प्रचण्डको प्रसंसा गरेका हुन् ।

यसैगरी पत्रकार ऋषि धमलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता भएको बताएका छन् । उनले प्रचण्डलाई दक्षिण एशियाकै शक्तिशाली नेताको रुपमा उभ्याए ।

आइतबार राजधानीमा देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको एक विशेष समारोहमा सञ्चारकर्मी ऋषि धमलाले प्रचण्डको तारिफ गर्नुमा आफ्नो कुनै स्वार्थ नभएको समेत उल्लेख गरे ।

उनले नेपाली नेताहरुमा प्रचण्ड सफा हृदय भएको नेता भएको बताउँदै अब नेपालको विकास र समृद्धिको नेतृत्व गर्ने दायित्व प्रचण्डकै काँधमा भएको धारणा राखे ।पत्रकार धमलालाई अध्यक्ष प्रचण्डले सम्मान पत्र, खादा र मालासहित सम्मानित गरेका थिए ।

यस्तो छ धमलाले प्रचण्डबारे बोलेका शब्द :

अध्यक्ष प्रचण्ड विलक्षण प्रतिभा भएको व्यक्ति हुन् । हाम्रो देशमा क्रान्ति र शान्तिको नेतृत्व एकैचोटी यदि विश्वमा कसैले गरेको छ भने त्यो प्रचण्डले गरेको छ ।हामीले प्रष्टरुपमा भन्नुपर्छ नेपाली राजनीतिमा उहाँमा जुन किसिमको क्षमता, दुरदर्शिता र अध्ययनशीलता छ र जनताको मनमा बस्न प्रचण्ड सफल हुनुभएको छ ।

नेपाली राजनीतिमा मैले प्रचण्डलाई चिनेको, जानेको र बुझेको छु । प्रचण्डको मन एकदमै सफा छ । प्रचण्ड सही हिँड्दै हुनुहुन्छ । प्रचण्ड जनताको दु:ख देख्न सक्नुहुन्न ।

गणतन्त्र, संघीयता, समावेशीता, देश र जनताको कुरा गर्दा त्यतिखेर साँच्चीनै प्रचण्डले सशस्त्र जनयुद्ध नगरेको भए हाम्रो देशमा यति छिट्टै राजनीतिक चेतना आउने थिएन । किनभने मैले यसमा धेरै बहस गरेको छु ।

चौध वर्षको उमेरमा कृष्णप्रसाद भट्टराईको अन्तर्वार्ता लिने पत्रकार हो ऋषि धमला । प्रचण्ड भूमिगत जीवनबाट सार्वजनिक हुँदा पनि पहिलो अन्तर्वार्ता मैले नै गरेको थिएँ ।

उहाँ जस्तो दुरदर्शी राजनेताले हाम्रो देशलाई विकास र समृद्धिको युगमा पुर्‍याउनुपर्छ । तपाई दक्षिण एशियाकै राजनेता हो । प्रचण्ड जीले राजनीतिक क्रान्ति पनि गर्नुभयो । सशस्त्र द्वन्द्व पनि गर्नुभयो ।

गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेर साँच्चीकै गणतान्त्रिक नेपालको परिकल्पना गरेर संविधानसभाबाट संविधान ल्याएर नेपालको वामपन्थीलाई एक बनाएर आज नेकपाको अध्यक्ष भएर आउनुभएको छ ।

प्रचण्ड जी राजनैतिक क्रान्ति सफल भयो अब कहिले हुन्छ आर्थिक क्रान्ति कहिले हुन्छ ? यी यावत प्रश्नहरु म सँधै गर्ने गर्छु ।मलाई विश्वास छ प्रचण्डजी आज हाम्रो देशमा नेताको खडेरी परिरहेको अवस्थामा तपाईले मात्र यो देशमा विकास र समृद्धि गर्न सक्नुहुन्छ ।

तपाई नै एउटा दुरदर्शी नेता हो । तपाईले जसरी क्रान्ति गरेर राजनीतिक रुपान्तरण गर्नु भएको थियो, त्यसरी नै आर्थिक क्रान्ति गरिदिनुस् ।हाम्रो देशमा जनता यति लालायित छन्, जनता यति आतुर छन् अब तीन करोड जनताले मन पराएको तथा विश्वले हेर्ने गरेको प्रचण्डले आर्थिक क्रान्ति गरिदिनुस् ।

मैले धेरै प्रशंसा गरेको होइन । प्रचण्डजी प्रधानमन्त्री हुँदा म मन्त्री हुन्न । तपाईहरुलाई थाहा छ म पत्रकार नै हो । कुनै स्वार्थ छैन । उहाँ दोस्रो पटक प्रधानमन्त्री बनेपछि भारत जानुभयो ।

त्यसबेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङको बीचमा बसेर अब नेपालमा विकास गर्नुपर्छ भन्ने व्यक्ति हुन् प्रचण्ड ।र, प्रचण्डजी हाम्रो देशको ठूलो रोग भनेको भ्रष्टाचार हो । त्यसलाई तपाईले जरैदेखि उखेलेर फाल्नुस्, तीन करोड नेपाली तपाईको साथमा हुनेछन् ।

मधेस आन्दोलनका मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्छ : अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार पर्साको वीरगञ्जमा चुनावलक्षित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मधेस आन्दोलनमा पीडित भएकाहरुको मुद्दा ऐतिहासिक रुपमा स्थापित गराउन सकिए पनि पुरा हुन नसकेको बताए । उनले मधेस आन्दोलनमा उठाइएको केही मुद्दा सम्बोधन भएको र केही हुन बाँकी रहेकाले संघर्ष गर्नुपरेको पनि स्पष्ट पारे ।

अध्यक्ष ठाकुरले विभिन्न किसिमको मुद्दामा लगाइएका नेताहरु अहिले अदालतमा तारिखमा, थुनुवा र कार्यकर्ताहरु जेलमा रहेकाले अब उनीहरुलाई छोड्ने गरी संघर्ष गर्न नेताहरुलाई निर्देशन दिए ।

उनले अहिले पनि मधेश आन्दोलनमा समाहित भएकाहरु सरकारको मुद्दा खेपिरहेको बताउँदै मधेश अहिले पनि आतंकबाट मुक्त नरहेको जिकिर समेत गरे ।

यस्तै वरिष्ठ नेता राजेन्द्र महतोले अगामी दिनमा कुनैपनि पार्टीसँग निर्वाचनमा तालमेल हुनसक्ने बताए । उनले आवश्यकता अनुसार जिल्लाका नेताहरुले पनि चुनावी तालमेल गर्न सक्ने जानकारी दिए ।

रेनु दाहाल भन्छिन्- उधारो सम्झौता गर्न सकिन्न, भरतपुर छोड्दैनौं- ६ वटा महानगरमध्ये माओवादीले लिने कहाँ त ? हामीले भरतपुरमा काम गरेर देखाएका छौं, हाम्रो आधार छ । त्यसैले हाम्रो बटमलाइन हो, भरतपुर छोड्दैनौं । सायद गठबन्धनमा सहमति हुन्छ होला । भएन भने हाम्रा लागि प्रतिष्ठाकै विषय हो ।

चुनावी तालमेल गर्न तयार भएको नेपाली कांग्रेसले भरतपुर महानगरपालिकालाई प्रतिष्ठाको विषय बनाएको छ । भरतपुरको मेयर कुनै हालतमा नछाड्ने चितवन कांग्रेसको अडान छ ।

माओवादी केन्द्र पनि भरतपुरको मेयर छाड्न तयार छैन । मेयर रेनु दाहाल भन्छिन्, ‘अरूका लागि प्रतिष्ठाको विषय हुन्छ भने हाम्रा लागि झनै हुन्छ नि ! हामीले भरतपुरमा काम गरेर देखाएका छौं, हाम्रो आधार छ । त्यसैले हाम्रो बटमलाइन हो, भरतपुर छोड्दैनौं ।’

सत्तारुढ गठबन्धनमा सहमति जुट्ने उनको दाबी छ । नभए माओवादीले एक्लै भएपनि चुनाव लड्ने उनी बताउँछिन् । मेयर रेनुले अघि भन्छिन्, ‘माओवादी केन्द्रमा (मेयरको उम्मेदवारमा) मेरो नाम निर्विकल्प जस्तै छ ।’

प्रस्तुत छ, मेयर दाहालसँग बिनु सुवेदी, रामकुमार डिसी र सुवास पण्डितले गरेको कुराकानीको सम्पादित अंश :

आफ्नो कार्यकालको मूल्यांकन कसरी गर्नुभएको छ ?

सुरुमा मेयरको उम्मेदवारका रूपमा आउँदा महानगरवासीले मलाई राम्ररी चिन्नुभएको थिएन । यद्यपि यहाँ आउनुभन्दा अघि म काठमाडौंमा सचिव थिएँ, त्योभन्दा पहिले युद्धकालमा रोल्पामा सचिव थिएँ । तर यहाँ प्रचण्ड पुत्रीका रूपमा चित्रण गरिएको थियो ।

देशकै केन्द्र भागमा रहेको महानगरमा काम गर्न सक्लिन् कि नसक्लिन् भन्ने खुल्दुली आम जनमानसमा थियो । जब पाँच वर्षको कार्यकाल बिताएँ, अब रेनु दाहाल हो भनेर परिचय दिनुपर्ने स्थिति रहेन । प्रचण्ड पुत्री, प्रचण्डले आफ्नो छोरीलाई यसो गर्‍यो भन्ने स्थिति पनि रहेन । किनकि मैले कर्मले जनताको मन जितेकी छु ।

अर्को कुरा, जे प्रतिबद्धता लिएर चुनावी मैदानमा आएकी थिएँ, त्यसमा अल्पकालीन र केही दीर्घकालीन कुरा थिए । हामीले घोषणापत्रमा उल्लेख गरेका सबै कार्यान्वयन हुन सकेनन् होला, तर हामीले भनेको भन्दा धेरै ठूला परियोजना अगाडि बढाएका छौं । नारायणी तटबन्धका लागि ४ अर्ब ७२ करोड बजेटको सुनिश्चितता गरेका छौं । अन्तर्राष्ट्रियस्तरको सभागृह सिटी हल निर्माण भएको छ ।

यो त संघीय सरकारको बजेटबाट भएको होला नि ?

म पनि यदाकदा महानगरको बजेटले विकास भएको होइन, केन्द्रको बजेटले हो भन्ने सुन्छु । महानगरको बजेट के हुन्छ र ! हामी आउँदा महानगरको आन्तरिक आय ३०/३५ करोड थियो । २९ वटा वडालाई एक–एक करोड दिंदा सकिइहाल्थ्यो ।

जता हेर्‍यो, सडक विस्तार भइरहेका छन् । खानेपानीका पाइपलाइन विछ्याउने, वडा कार्यालय, स्वास्थ्य कार्यालय, विद्यालय भवन शिलान्यास जस्ता काम भइरहेका छन् । खानेपानीमा मात्रै पौने चार अर्बका खानेपानी आयोजना अगाडि बढेका छन् ।

संघीय बजेट विना सिटी हल, ६ लेन सडक, महानगरको रिङरोड सम्भव हुने थिएन । म दाबाका साथ भन्छु, यो पाँच वर्षमा २५ देखि ३० अर्बका कार्यक्रम महानगरपालिकामा सञ्चालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस