चीनले आफ्नो अनुचित व्यापारिक अभ्यास, विकृति र अमेरिकाको आर्थिक स्वतन्त्रताको जोड

संयुक्त राज्यले बेइजिङलाई “अनुचित” व्यापार अभ्यासहरू परिवर्तन गर्न दबाब दिनुको सट्टा चीनबाट आर्थिक स्वतन्त्रता हासिल गर्नमा एसियाली देशहरुकको ध्यान केन्द्रित गर्नुपर्छ, अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले बुधवार सुझाव दिँदै अमेरिकाको चीनप्रतिको रणनिति परिवर्तन हुनुपर्ने कुरा बताएकी हुन् ।

नयाँ दृष्टिकोणले अघिल्लो प्रशासनले हस्ताक्षर गरेको व्यापार सम्झौता अन्तर्गत व्यापारिक अभ्यासहरूमा मौलिक परिवर्तन गर्न बाध्य पार्न वाशिंगटनको असक्षमतालाई ध्यानमा राख्नुपर्दछ भनी ताईले बताएकी हुन् ।

हामीले चीनसँग वार्तालापका लागि ढोका खुला राख्न जारी राख्दा … हामीले सम्झौताका सीमितताहरू पनि स्वीकार गर्न आवश्यक छ, र चीनसँगको पुरानो प्लेबुकको पृष्ठ पल्टाउनुपर्छ, पछिल्ला धेरै सम्झौताहरुमा पनि चीनले आफ्नो व्यवहार परिवर्तनगर्ने बताएको थियो तर त्यसो पटक्क भएन, ू ताईले अमेरिकाको प्रतिनिधि सभालाई यी तर्कहरु बताउनेछिन्।

अमेरिकी कंग्रेसमा आफ्नो सम्वोधनमा, ताईले वाशिंगटनले अनुचित ठान्ने व्यापारिक अभ्यासहरू त्याग्नको लागि रणनीति अब ूचीनलाई दबाब मात्रै दिनुपर्दछू भन्ने कुरामा जोड दिनेछिन्।

प्रतिक्रिया दिनुहोस