अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुहोस् देश लाई ठुलो परिबर्तन बनाउँछौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन्। ‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हामीले हेरिसक्यौं, यदि देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ,’ बाँकेको कोहलपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने।

कांग्रेसले अबको पाँच वर्षमा देशमा परिवर्तन ल्याउने थापाले ठोकुवा गरे। आसन्न निर्वाचनका विषयमा पार्टीभित्र विभिन्न बहस चलिरहेको भन्दै उनले निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने आम कार्यकर्ताको भावना रहेको बताए।

‘आउँदो चुनावमा रुख चिन्हमा भोट हाल्न पाउनुपर्छ भन्ने कार्यकर्ताको भावना छ, तर रुख चिन्हमा भोट हाल्दै गर्दा हामी तलमाथी गर्दैनौं भन्ने प्रतिवद्धता पनि चाहिएको छ।’

पार्टीको निर्वाचन भर्खरै सम्पन्न भएको र आसन्न निर्वाचनमा जित्ने ब्यक्तिले सबैलाई समेटेर लैजानुपर्ने बताए। कम्युनिष्टहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ गाउँसम्म पुगेको भन्दै कांग्रेसले वास्तविक कुरा जनतालाई बुझाउन सुरु गरेको बताए। ‘काम गर्ने एउटा, बोल्ने अर्को कम्युनिष्टको चरित्र हामीले देखिसक्यौं,’ महामन्त्री थापाले भने।

एमसिसीको विषयमा फैलाइएको भ्रमका कारण अहिले साना बालबालिकाको समेत गलत बुझाई भइरहेको बताए। एमसिसी नेपालका लागि एउटा सामान्य परियोजना मात्रै भएको र यसले बिद्युत उत्पादन गरेर नेपालमा आर्थिक रुपले टेवा पुरयाउने प्रष्ट्याए ।

कांग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको उक्त सभालाई कांग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी, सञ्जय गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतले सम्बोधन गरे।

माओवादीको बोल्ड निर्णय, २८ कमाण्डले नै हल्लियो एमाले-कांग्रेसको मुल जरो…
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चुनाव केन्द्रीत गतिविधिलाई तिब्रता दिएको छ । घोषित मिति २०७९ बैशाख ३० गते स्थानीय चुनाव नहुने हो कि भनेर विपक्षी दलले आशंका गरिरहेका बेला माओवादीले चुनावी अभियानलाई तिब्र बनाएको हो ।

यसअघि बागमती, प्रदेश १, कर्णाली, सुदुरपश्चि प्रदेशको प्रशिक्षण सकेको माओवादीले आज उपत्यका विषेश प्रदेशको प्रशिक्षण काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन गरिरहेको छ ।

माओवादीले वैचारिक तथा राजनीतिक प्रशिक्षणसँगै दुई महिने चुनावी अभियानका लागि २८ कमाण्ड बनाइएको छ । ‘समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मूल नाराका साथ सो पार्टीले दुई महिने अभियानात्मक कार्यक्रम तय गरेको छ ।

जसअनुसार वैचारिक राजनैतिक कार्यक्रम, संगठन सुदृढीकरण, व्यवस्थापकीय कार्यक्रम, सूचना सञ्चार तथा प्रचारसम्बन्धी कार्यक्रम, अध्ययन सर्वेक्षण तथा विश्लेषणसम्बन्धी कार्यक्रम, राजनीतिक तथा प्रशासनिक समन्वय, सांस्कृतिक कार्यक्रमजस्ता कार्यक्रम तय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टीले चुनावी अभियानका लागि प्रदेशगतरुपमा २८ वटा कमाण्ड बनाएको पनि ती नेताको भनाइ छ । प्रदेश १ मा विभिन्न जिल्ला समेटेर ५ वटा कमाण्ड निर्माण गरिएको छ ।

जसअनुसार ताप्लेजुङ, पाँचथर, ईलाम समेटेर एउटा कमाण्ड बनाइएको छ भने झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुरको ३ जिल्लाको अन्य कमाण्ड बनाइएको छ । यस्तै सोलुखुम्बु र ओखलढुङ्गाको अर्को कमाण्ड बनाइएको छ ।

मधेस प्रदेशमा ४ वटा कमाण्ड बनाइएको ती केन्द्रीय सदस्यले बताए । उनले भने सप्तरी र सिरहा, धनुषा र महोत्तरी, सर्लाही र रौतहट, बारा र पर्सा जिल्ला समेटेर कमाण्ड बनाइएको उनको भनाइ छ ।

यस्तै बागमती प्रदेशमा चितवन र मकवानपुर, धादिङ, नुवाकोट र रसुवा, सिन्धुपाल्चोक दोलखा र काभ्रे, सिन्धुली र रामेछाप तथा भक्तपुर, ललितपुर र काठमाडौँ जिल्ला समेटेर ५ वटा कमाण्ड बनाइँदा गण्डकी प्रदेशमा गोरखा, लमजुङ र मनाङ, तनहुँ र नवलपरासी पूर्व, स्याङ्जा, कास्की र पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला समेटेर ४ वटा कमाण्ड बनाइएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची, प्युठान, रुकुमपूर्व र रोल्पा तथा दाङ, बाँके र बर्दिया समेटेर ४

जसमा अछाम, डोटी र बाजुरा, बैतडी, बझाङ र दार्चुला तथा कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्ला समेटिएको छ । दुई महिने प्रशिक्षणमा प्रदेश समिति सदस्य, परिषद्, विभाग सदस्यहरू, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च, जिल्ला समन्वय समितिका सदस्यहरू र स्थानीय तहका पदाधिकारीहरू सहभागी हुने बताइएको छ ।

जसअनुसार हाल अध्यक्ष प्रचण्डकै सहभागितामा माओवादीले प्रदेशगत प्रशिक्षण र बैठक सञ्चालन गर्दै आएको छ । कार्यतालिकाअनुसार माओवादीले बागमती, कणरली, प्रदेश १, सुदूरपश्चिमको प्रशिक्षण सकिसकेको छ भने उपत्यका विशेष र सम्पर्क समन्वय समितिको बुधबार तय गरिएको छ ।

यस्तै लुम्बिनी र गण्डकीको प्रशिक्षण चैत ३ र ६ गतेका लागि तय गरिएको छ । दुई महिने अभियानका लागि सो पार्टीले ‘गाउँ नगर घर घर जाऔँ ।

माओवादी केन्द्रलाई विजयी गराऔँ, माओवादीको नीति र नेतृत्व संघीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व, नेपाली जनक्रान्तिको अमूल्य उपहार संघ, प्रदेश र स्थानीय स्तरमा जनसरकार, सबै खाले प्रतिगामी षडयन्त्रको प्रतिकार गरेर जनक्रान्तिका उपलब्धिको रक्षा र बिस्तार गरौं, श्रम

, रोजगार उत्पादन र आर्थिक समृद्धि सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धि गरौं, विभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौं, सामाजिक न्याय, सुशासन र समतामूलक समाजको विकास गरौं’ जस्ता नारा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस