झलनाथको आरोप-ओलीले अमेरिकाको सेवा गरे, विदेशी गुप्तचरसँग आधा रातमा साँठगाँठ गरे

काठमाडौं, २६ चैत्र । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीका्े जनसभालाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । त्यस्तै, उनले ओली प्रधानमन्त्री हुँदा विदेशी गुप्तचरको प्रमुखसँग मध्यरातमा भेटवार्ता गरेको पनि आरोप लगाए ।

उनले भने-“ओलीले अमेरिकाको सेवा गरे । विदेशी गुप्तचरसँग आधा रातमा साँठगाँठ गरे । त्यहाँ उनले के सम्झौता गरे कसैलाई थाहा छैन । प्रधानमन्त्रीले विदेशी प्रतिनिधि भेट्दा मेमोरी राख्ने चलन हुन्छ । त्यो पनि छैन । गैरजिम्मेवार व्यक्तिको हातमा नेतृत्व पुग्दा देशले दुःख पाएको छ ।”

उनले ओली सरकारको नेतृत्वमा हुँदा केही पनि काम गर्न नसकेको आरोप लगाए । नेकपालाई जनताले दुई तिहाईको बहुमत दिएको भएपनि काम गर्न नसकेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस