ए मेरो हजुर ४ मा जि बबले गाएको गीत रिलीज, रिलिज भएको दुई घन्टामै युट्युब ट्रेण्डिङमा (भिडियो हेर्नुस्)

नेपालको चर्चित र्याप कार्यक्रम “अल नेपाल थग फेमेली”मा जि बब् र माईलाको र्यापले निकै चर्चा कमाएको थियो ।जि बब् अर्थात् सुदिप भण्डारीको पन्छ लाईन “मिलेन लेबल तेरो बाउ बोला ए”टिकटक लगायत सामाजिक संजालमा निकै भाइरल भएको छ ।

उक्त लाइनले नै सुदिपलाई निकै चर्चामा ल्याएको छ ।उनको फ्यान देश विदेशमा भएका छन् ।उनको र्याप गर्ने शैली,प्रतिद्वन्द्वीलाई लाचार पार्ने हाउभाउ लगायतले गर्दा उनले नेपाली र्यापलाई निकै अगाडि लैजाने संकेत देखिएको थियो ।

अहिले सुधार केन्द्रबाट फर्किएका जि बब आफ्नो पहिलो कन्सर्टको लागि अस्ट्रेलिया जाने भएका छन् ।उनी अस्ट्रेलियाको कन्सर्टको लागि १.३ लाख रुपैयाँ पैसा लिदै छन् ।अहिले चर्चामा रहेको अनमोल केसी अभिनित फिल्म “ए मेरो हजुर ४” मा जि बबले गीत गाएका छन् ।जि बबकै स्वर र संगितमा रहेको गीत रिलिज भएको छ।

प्रतिक्रिया दिनुहोस