युवतीले मालिकको भिडियो रेकर्ड गरेपछि राजीनामा दिइन् : कारण यस्तो छ !

काठमाडौं, एक युवतीले ४ वर्षपछि जागिर छोडिन् ।उनले महिला मालिकले आफ्नो बारेमा बकवास कुरा गरिरहेको आरोप पनि लगाइन् । उनले सम्पूर्ण कुराकानी सुनिन् ।सामन्था गार्सिया नामकी केटीले मालिकनको भिडियो पनि रेकर्ड गरेको जानकारी गराइन् ।

भिडियो रेकर्ड गरेपछि उनले राजीनामा दिएकी हुन् । भिडियो बनाएपछि गार्सियाले टिकटकमा भिडियो पनि सेयर गरेकी छिन्, जुन भाइरल भएको छ । भिडियोमा एक महिलाले अनुभवहीन व्यक्तिलाई काम सिकाएर हैरान भए भनिरहेको सुन्न सकिन्छ ।

यो भिडियोलाई ३६ लाखभन्दा बढीले हेरिसकेका छन् । गार्सियाले टिकटक भिडियोमा आफूसँग सम्मानपूर्वक तरिकाले कुरा नगर्ने व्यक्तिसँग काम गर्न नसक्ने बताएकी छन् ।गार्सियाले भिडियोको क्याप्सनमा यो पनि लेखेका छन् । उनको मालिकलाई घटनाको समयमा गार्सिया नजिकै उभिएकी छिन् भन्ने थाहा थिएन ।

गार्सियाले आफूले कम्पनीका मालिकसँग पहिले नै गुनासो गरिसकेको भनेकी छिन् । जवाफमा उनी धेरै संवेदनशील छिन भनियो । उनले आफ्नो मालिक र मालिकनलाई आफूलाई सम्मानपूर्वक व्यवहार गर्न भनेकी थिइन् । तर उनीहरुको व्यवहारमा कुनै परिवर्तन आउन सकेन् ।

गार्सियाको व्यवहारको धेरैले आलोचना गरेका छन् । तर अर्काथरी मानिसहरु उनको समर्थनमा आएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘मालिकनले जे भनेकी छिन् त्यो कतैबाट आपत्तिजनक छैन ।’

सोही क्रममा अर्को एक प्रयोगकर्ताले लेखे, ‘वाह । तपाईंले स्ट्यान्ड (अडान) लिनुभयो । कर्मचारीहरूसँग यसरी कुरा गर्नुभयो ।’ केही व्यक्तिहरु यो भिडियोका कारण गार्सियालाई भविष्यमा काम पाउन गाह्रो हुने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस