६० फुट लामो ५०० टनको फलामको पुल चोरी

भारतको बिहारको सासाराम जिल्लामा ६० फुट लामो एउटा फलामको पुल चोरी भएको छ।आफूलाई सरकारी अधिकारी बताउने केही व्यक्तिहरूले यो चोरी गरेको प्रहरीले जानकारी दिएका छन्। सासारामका प्रहरी उपरीक्षक आशीष भारतीले भने, “त्यो पुल सिँचाई विभागको थियो र त्यो उपयोगमा आएको थिएन।”

सन् १९७२ मा निर्माण गरिएको उक्त पुलको वजन ५०० टन रहेको थियो।बिहारको अमियावार गाउँमा पर्ने अर्राह नहरमाथि बनेको उक्त पुल खतरनाक घोषणा गरिएपछि प्रयोगमा आउन छाडेको थियो।स्थानीय बासिन्दाहरूले नजिकै बनाइएको पक्की पुल प्रयोग गर्दै आएका थिए।

“उनीहरूले आफूहरू सिँचाई विभागबाट आएको र पुललाई लिएर जान लागेको गाउँले हरुलाई बताए पछि गाउँका मानिसहरूले यसबारे सूचना सार्वजनिक नगरेका हुन्। पुल चोरिएपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले त्यसलाई ‘अविश्वसनीय डकैती’ को संज्ञा दिएका छन्।

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई ‘बिहार पुल डकैती’ भन्दै त्यो नेटफ्लिक्सका लागि नयाँ सिरिज बनाउन रोमाञ्चक शीर्षक हुने टिप्पणी समेत गरेको छन्। साथै विधानसभामा विपक्षका नेता रहेका तेजस्वी यादवले यस विषयमा नितिश कुमारको सरकारप्रति आक्रोश व्यक्त गरेका समेत गरेका छन्।उनले ट्विटरमा लेखेका छन्, “४५ वर्ष पुरानो ५०० टन पुललाई १७ वर्षको भाजपा-नीतिश सरकारले दिनदहाडै लुटाइदियो।””चोर ग्यास कटर, जेसीबी र सयौँ मजदुरहरूसँगै आए र पुललाई उखालेर लिएर गए। चोर जनादेश चोरीबाट बनेको एनडीए सरकारबाट प्रेरित छन्।”

>ट्विटरमा

 

प्रतिक्रिया दिनुहोस