श्रीमतीले संसार छाडेको १२ दिनमा थाहा पाए, १३ औं तिथिमा पनि जान सकिन ! म पनि अस्पतालमा छटपटाउदै रहेछु

केहि बर्षअघि गुल्मीमा भएको जीप दु र्घ’टनाले निम्ताएको एक दम्पत्ती बीचको वियोगान्त कथा निकै द र्द नाक बनेको छ । चैत २८ गते मुसिकोट–१ च्यानडाँडामा भएको जीप दु र्घट नामा परि ज्या न गुमाएकी मालिका–१ ह्वाङ्गदी गाउँकी २६ वर्षीया कौशिला थापाको मंगलवार १३ दिनको पुण्यतिथी गरिएको थियो ।

उनका ३२ वर्षीय श्रीमान सुर्य थापा भने श्रीमतीको अन्तिम चेहरा देख्न पाउनु त परै जाओस् १३ दिनको पुण्य तिथीका दिन उनको सम्झनामा एक अञ्जुली जल अर्पण गर्न र विधिवत् रुपमा उम्काईन समेत सहभागि हुन पाएनन् । उनी अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनकी बहिनी लल्मी थापाका अनुसार श्रीमती कौशलाको मृ|त्युको खबर सुर्यले १२ औं दिनमा मात्र थाहा पाएका हुन् ।

बहिनी लक्ष्मी भन्छिन्, ‘पाल्पा प्रभासमा उपचार हुन नसकेपछि हेलिकप्टरमा काठमाडौं पुर्याईयो । त्यस्तो बेला थाहा दिँदा उहाँको स्वास्थ्य अवस्था झन बिग्रिने डरले खबर गरेका थिएनौं । १२ दिनको दिनमा मात्र थाहा दिएका हौं ।’ निस्किने दिन पनि हामीले फोन गरेर जानकारी दिएका थियौं,’ लक्ष्मीले भनिन्, ‘दु र्घ टना हुँदा फोन लगायतका सामानहरु यहीँ थियो । ती सामानहरु पठाईदिनु भन्नुभयो, अरु केहि बोल्नुभएन ।’

भाउजु गुमाउनुको पी डा सुनाउँदै उनी थप्छिन्, ‘चैते दशैंको मुखमा पनि उहाँहरु बुटवल हिँड्नु भयो । किनकि बुटवलमा बनाएर सकिनै लागेको घरमा बैशाख ४ गते भित्र पस्ने दिन निक्लेको थियो । त्यसैले उहाँहरु नयाँ घरमा बस्न चैते दशैं नमानी जानुभएको हो ।’

उनले दु र्घट नामा परेकी ५ वर्षीया र ४ वर्षीया छोरीलाई पाल्पाबाट ५ दिनको उपचारपछि घर ल्याइएको बताइन् । ठूली चाहिँलाई निको भएपनि सानी चाहिँलाई अझ निको नभएको बताइन्।मृत’क कौशीलाको माइतीघर अर्घाखाँचीको जुकेना हो । उनीहरुको विवाह ८ बर्षअघि भएको थियो । सुर्य थापा १३ बर्षअघि भारतिय सेनामा भर्ती भएका थिए ।

प्रतिक्रिया दिनुहोस