नेपाली कांग्रेसजस्तो राम्रो सहयात्री पाएका छौं, एमाले फुटाएकोमा पछुतो छैन : मन्त्री झाँक्री

काठमाडौँ ।स्थानीय तह निर्वाचन नजिकिएको छ । निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध सत्ताघटक पाँच दल गठबन्धन बनाएर भिड्दैछन् । गठबन्धनमा छ, नेकपा एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादी पनि ।

एकीकृत समाजवादी पनि नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । अर्थतन्त्र धराशायी भएको, महंगी अति बढेको र सरकारका मन्त्रीहरुले प्रभावकारी ढंगमा काम गर्न नसकेको भनेर चौतर्फी आलोचना भइरहेको परिवेशबीच हुन लागेको निर्वाचनमा गठबन्धनभित्र भागबण्डाको कुरा मिलेको छैन ।

नेकपा एमालेले सबै दल मिलेर आए पनि निर्वाचन पराजित गर्ने दाबी गरिरहेको छ । भर्खरै स्थापना भएको दल एकीकृत समाजवादी एक्लै चुनाव लड्न डराएर कांग्रेसको हात समाउन गएको एमालेको आरोप छ । यसै परिवेशबीच एकीकृत समाजवादीबाट सहरी विकास मन्त्री भएकी रामकुमारी झाँक्रीसँग गरिएको कुराकानी नेपाल टकमा ।

एमालेमा रहँदा र नेकपा एसमा आएपछि कतिको फरक महसुस गर्नुभएको छ ?
नेकपा एमालेमा हुँदा खासै काम थिएन । फुर्सद थियो । अहिले असाध्यै व्यस्तता बढेको छ । पहिले हामीलाई खोजिँदैनथ्यो । अहिले छिनछिनमा अध्यक्ष ज्यूले खोज्नुहुन्छ । यहीं हो मूल फरक ।

तपाईंहरु फुटेर एमालेलाई कति असर गरेको बुझाइ छ ? उहाँहरु त १० प्रतिशत मात्रै चोइटिएको भन्नुहुन्छ ।
१० प्रतिशत, पाँच प्रतिशत जति भने पनि हामीलाई आपत्ति छैन । हामीले हाम्रो पार्टी सानो हो भनेर स्वीकारेकैछौं । राष्ट्रिय राजनीतिमा भने हामी चौथो ठूलो पार्टी हो नै ।

प्रतिक्रिया दिनुहोस