गोली बोकेर सोबिता किन जान लागेकी थिइन् जापान, विमानस्थलमा यसरी परिन् फेला

काठमाडौ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोलीसहित तनहँ भानु नगरपालिका ७ की २७ वर्षीया एक जना पक्राउ परेकी छिन्। प्रहरीले आइतबार राति सोबिता नेपालीलाई पक्राउ गरेको हो।

उनी नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौबाट जापानको नारिता जान लागेकी थिइन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा उक्त गोली फेला परेपछि पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयका अनुसार आइतबार नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौँबाट क्वालालाम्पुर हुँदै जापान जान लागेकी तनहुँकी २७ बर्षिय सोबिता नेपालीको झोलाबाट एक राउण्ड गोली फेला परेको थियो । प्रहरीले नेपालीलाइ आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस