धैर्य गरौं, देशको अर्थतन्त्र चाँडै लयमा फर्काउँछु : पहिलो महिला गभर्नर

काठमाडौ । नेपाल राष्ट्र बैंकको पहिलो महिला गर्भनरको रुपमा डा. निलम ढुंगानाले जिम्मेवारी पाउनुभएको छ ।कायम मुकायम गभर्नर भएपनि यो पहिलो इतिहास हो ।

गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नु पर्ने त्यसपछि नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन सकिने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै ढुंगानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने बताउनुभएको हो ।

उहाँले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताउनुभयो ।तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको कामु गभर्नर ढुंगानाको भनाइ थियो ।

उहाँले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै विश्वास व्यक्त गर्नुभयो ।नेपालको गरिबी निवारण तथा वित्तीय पँहुच भन्दा बाहिर रहेका जनसख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरु प्रभावकारी साधन भएको स्पष्ट पार्नुभयो ।

समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुत नेपालको कुल जनसख्याको १८ प्रतिशत हिसा अझै पनि गरिबीको रेखामुनि रहेको उहाँको भनाइ छ ।

अझै पनि २० प्रतिशत जनसख्याको हिसा औपचारिक वित्तीय पँहुच भन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थाहरुले गरिबी निवारण, आर्थिक समावेशी करण र समग्र आर्थिक विकासको लागि निश्चय नै प्रभावकारी साधन हुने उहाँको तर्क छ ।

लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तिकरणलाई टेवा दिन आर्थिक असमानतालाई कम गर्न मद्धत गर्दै आएको भन्दै उहाँले लघुवित्तले वित्तीय पहुँचबाट बञ्चित भएका समुदायलाई वित्तीय पहुँच पुर्‍याएर स्वरोजगार बनाएको उहाँको दावी छ ।

कामु गभर्नर ढुंगानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिसा गरिबीको रेखामुनि रहेको जानकारी दिनुभयो ।

उहाँले लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस