राशिफल : वि.सं.२०७८ साल चैत्र २९ गते ।मंगलबार । ईश्वी सन् २०२२ अप्रिल १२ तारिख

मेषः– अरुको काम गरेर जश कम मिल्नेछ । अन्योलता बढ्नेछ । गर्न खोजेका कममा विभिन्न खालका समस्या आउने छन् । आफन्तमा सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ ।

वृषः– मध्यान्ह पूर्व गरेका काम सफल हुनेछन् भने उप्रान्त समय प्रतिकुल हुदै जाने देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन सामान्य होला । कामको बीचमा विचार परिवर्तन नगर्नु होला ।

मिथुनः– धैर्यता पूर्वक काम गर्नु होला गरेका काम सफल हुनेछन् । बोल्यो कि पोल्यो भन्ने जान्नु होला । आर्थिक कारोवार सकेसम्म नगर्नु होला दिएको धन डुब्न सक्छ ।

कर्कटः– अस्थिरता बढ्न सक्छ ,लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापर व्यवसायबाट आम्दानी सन्तोषजनक नै होला । स्वतन्त्र व्यापार फलदायी देखिन्छ ।

सिंहः– प्रातकाल त्यति अनुकुल देखिन्न । मध्यान्ह पछि समयमा सुधार आउनेछ । गरेका काम पनि सफल हुनेछन् । आम्दानी बढ्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

कन्याः– दिनको पूर्वाद्ध अनुकुल छ अवसर गुमाउने काम कहि कतैबाट नहोस् । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुने छ । मध्यान्ह पछि काममा अवरोध आउनेछ । अनावस्यक खर्च बढ्नेछ ।

तुलाः– ग्रह,गोचर सामान्य देखिन्छ । काम गर्न सके दाम र नाम दुर्व आर्जन गर्न सकिने छ । कुनै पनि क्षेत्रबाट आफुले सोचे जस्ता लाभ भने नहुन सक्छ । सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ ।

वृश्चिकः– भाग्यले थोरै साथ दिनेछ । परोपकारी काम हुनेछन् । आस्था र विश्वास बढ्नेछ । आफ्नो कामले विस्तारै गति लिनेछ । परिवारिक सुख थोरै मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

धनुः– आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा लगानी बढ्न सक्छ । मानसिक चिन्ता बढ्ने छ । लेनदेन कारोवारमा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

मकरः– दिनको पूर्वाद्ध थोरै अनुकुल देखिन्छ कुनै काम गर्नु छ भने समयमा गर्नु होला । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम सफल हुने छन् । मध्यान्ह पछि खर्च बढ्नेछ । तनाव पनि बढ्ला ।

कुम्भः– मुद्धा मामिलामा विजया हात लाग्ने छ । प्रतिश्पर्धात्म काम सफल हुने छन् । मिलेर भन्दा एक्लै गरेका काम बढि सफल होलान् । व्यापारमा क्रमिक सुधार आउने छ ।

मिनः– दिन मध्यम खालको छ,विचार पूर्वक काम गर्नु होला । शत्रु बढ्ने छन् । पठन पाठन कार्यमा आफुले सोचे जस्तो सफलता मिल्ने छैन । आत्मविश्वासका साथ काममा लाग्नु होला ।

प्रतिक्रिया दिनुहोस