पलको अवस्था देखेर पलका साथी रुँदै मिडियामा कसरी लि’क भयो जे’ल भित्रको पलको भिडियो ?

किशोरी ब ला त्का र को अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थु’नामा राख्न आदेश दिएको हो । शाहलाई बुधबार नै तनहुँ पठाइएको छ । तनहुबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेको छ ।वैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ ।

त्यस्तै अर्का मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि शाह थुनामा रहेका छन् ।किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना ४ थियो । १४ देखि १६ वर्षकी किशोरीलाई ब ला त्का र को अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कै’द सजाय हुने कानुनी व्यवस्था छ ।

पी’डित भनिएकी किशोरीले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् । अधिवक्ता गणेश अधिकारीले पी’डित भनिएकी किशोरीबाट दिइएको उजुरी झुठो र फसाउने नियतले आएको देखिन्छ भनेका थिए । उनीलगायत ९ जना अधिवक्ताले शाहको पक्षबाट बहस गरेका थिए ।

सबै अधिवक्ताले शाहलाई काल्पनिक मुद्दा लगाएर फसाउने ष’ड्यन्त्र भएको दाबी गरेका थिए । शाह विरुद्धको अभियोगमा सबै प्रमाण जुटाउन र मुद्दाको किनारा लगाउन कम्तीमा एक वर्ष समय लाग्ने अधिवक्ताको भनाइ छ ।यता पी’डित किशोरीको पक्षबाट बहस गरेका ३ जना

सरकारी वकिल र २ अघिवक्ताले शाहले ब ला त्का र गरेको यथेस्ट प्रमाण भएको दा’बी गर्दै किशोरीको मागबमोजिम १२ देखि १४ वर्ष कै’द सजायको मा’गदाबी गरेका थिए । तीन जना सरकारी वकिलले शाहलाई ह’दैसम्मको स’जाय हुन पर्ने माग गरेका छन् ।

जिल्ला अदालत पूर्वी नवलपरासीमा बुधबार पी’डित किशोरीका तर्फवाट ३ जना सरकारी वकिलले बहस गरेका छन् । सरकारी वकिल कमलराज पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पी’डित किशोरीको किटानी जाहेरीका आधारमा शाहलाई ह’दैसम्मको कै’द स’जाय हुनुपर्ने माग गरेका छन् ।

जाहेरीवालका किशोरीका तर्फबाट अधिवक्ता सरिता तिवारी र भूपेन्द्र खनालले बहस गरेका थिए ।किशोरीको पक्षबाट बहस गरेकाहरुले पी’डितको निवेदन र माग दा’बी बमोजिम १२ देखि १४ वर्ष कै’द सजाय हुनुपर्ने माग गरेका छन् । बुधबार दिउँसो १ बजे सरकारी वकिलको बहस सकिएको थियो ।

बुधबार दिउँसो सवा १ बजेपछि पल शाहका तर्फबाट ९ जना वकिलले बहस सुरु गरेका छन् । प्रतिवादी शाहका पक्षबाट बहस गरेका वकिलहरुले किशोरीले शाहलाई झुठो आरोप लगाएर फसाउन खोजेको दाबी गरेका छन् । ‘पल शाहलाई किर्ते गरेर फ’साउन खोजिएको छ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस