पाँचओटा बाख्रा एकैठाउँ उभिँदैमा भैँसी हुँदैन, हामी वैशाख ३० गते देखाइदिन्छौँ : अध्यक्ष ओली

बझाङ । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले देशभरी छाएको एमालेको लहरले पाँच दलीय गठबन्धनको हैसियत देखाइदिने दा’बी गरेका छन् ।

बझाङमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा एमालेले गठबन्धनको हैसियत देखाइदिने बताए ।

उनले भने, ‘पाँच वटा बाख्रा एक ठाउँमा हुँदैमा भैँसी जत्रो हुँदैन।’
साथै उनले गठबन्धनलाई रि’सा’एको बिरालोको संज्ञासमेत दिएका छन् । उनले हाल गठबन्धनको अवस्था रि’सा’एको बिरालोजस्तै भएको उल्लेख गरे ।

गभर्नरलाई निलम्बन गरिएको प्रशंग उल्लेख गर्दै उनले भने, अहिले पाँच दलीय गठबन्धको हालत रिसाएको बिरालोजस्तो भएको छ । मैले पहिले पनि भन्ने गरेको थिएँ । हिन्दीमा एउटा उखान छ । खि’सि’यानी बिल्ली खम्बा नो’चे अर्थात रि’सा’एको बिरालेले खम्बा चि’थो’र्छ । त्यस्तैगरी एमालेसँग रि’सा’एको गठबन्धनले गभर्नरलाई बर्खास्त गरियो।’

अध्यक्ष ओलीले गठबन्धनकै दलहरुका कार्यकर्ताहर एमालेमा प्रवेश गर्नेको लर्को रहेको दा’बी गरे । ‘एमाले प्रतिपक्षमा भएका बेला मन्त्री, राजदूत नियुक्त नगर्ने भए पनि सत्तारुढ पार्टीकै नेता कार्यकर्ताहरू खोलो पहिरो जस्तै भएर एमालेमा प्रवेश गरिरका छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस