प्रचण्ड पुत्री रेणु दाहाललाई भरतपुर महानगरको मेयरमा फेरि पनि चिठ्ठा पर्यो

काठमाडौं ।आगमी स्थानीय तह निर्वाचनमा पनि भरतपुर महानगरपालीका मेयर नेकपा माओवादी कै पोेल्टामा परेको छ ।

सत्ता गठवन्धनले अघिल्लो निर्वाचनमा जुन पार्टीले जुन महानगरपालिका जित्यो त्यसैका आधारमा आगामी निर्वाचनमा महानगर दिने गठवन्धनमा सहमति भएपछि भरतपुरको मेयर माओवादीकै पोल्टोमा परेको हो ।

योसँगै माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणुलाई पुनः महानगरको मेयरमा उम्मेदवार बनाउने निश्चितजस्तै छ ।

तर यस पटक भरतपुरको मेयर कांग्रेसलाई दिनुपर्ने भन्दै कांग्रेसका नेता शेखर कोइराला पक्षले दावी गर्दै आएको छ । यस भन्दा अघि २०७४ सालमा भएको निर्वाचनमा भरतपुर महानगरमा माओवादीले जित हासिल गरेको थियो ।

यता, कांग्रेसकी भरतपुरकी उपमेयर पार्वती साह भने आफ्नो पाँच वर्षको अनुभव , सिकाई र अभ्यासको आधारमा आफुलाई मेयरको जिम्मा दिनुपर्ने भन्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस