पोर्न भिडियो हेर्ने जागिरको लागि २ दिनमा ३१ हजारले दिए आवेदन

एजेन्सी । अमेरिकाको एक कम्पनीले अनौठो प्रकारको जागिर खुलाएको छ ।बेडबिबल नामको सो कम्पनीले कर्मचारीको आवश्यकताका बारे विज्ञापन खुलाएर मानिसहरूलाई पोर्न भिडियो हेरेर त्यसको समीक्षा गर्नेगरी आवेदन मागेको छ ।

यो जागिरमा एक व्यक्तिले प्रति घण्टा २० डलर पाउनेछन् । यसमा विश्वका जुनसुकै व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । तर आवेदन दिनेको उमेर भने २१ वर्ष नाघेको हुनुपर्नेछ ।

बेलायती पत्रिका ‘द सन’का अनुसार पोर्न भिडियोको समीक्षा गर्ने कामको लागि २ दिनमा करिब ३१ हजार मानिसले आवेदन दिएका छन् । आवेदन दिएकाहरुबाट आवश्यक कर्मचारीको छनोट गरेपछि उसले यौन स्थिति, अवधि, संभोगको संख्या,पुरुष र महिला अनुपात जस्ता कुराहरुको तथ्यांक संकलन गर्नुपर्नेछ । जसले यो पोर्न फिल्मकोबारे मानिसहरुलाई जान्न र बुझ्न सहयोग पुग्नेछ ।

बेडबिबलका हेड कन्टेन्ट क्रियटर एडविना काइटोका अनुसार पोर्नाेग्राफी उद्योगमा अरबौं डलरको लगानी छ । उनले आफूहरूले गरेको अनुसन्धानबाट धेरै नयाँ कुराहरू बाहिर आउने आशा राखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस