पल वा गायिकालाई सम्मानित अदालतले अवस्य निस्पक्ष न्याय दिन्छ भन्दै निर्देशकले सुनाए पलको यस्तो कुरा (भिडियो सहित)

नाबालिगलाई बलात्कार गरेको मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा थुनिएका अभिनेता पल शाह उत्कृष्ट नायकको अवार्ड जित्न सफल भएका छन्। चलचित्र विकास बोर्डमा सोमबार आयोजित बक्स अफिस फिल्म अवार्डमा पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अभिनयबापत उत्कृष्ट नायक ठहरिएका हुन्।

सोही फिल्मबाट पूजा शर्मा पनि उत्कृष्ट नायिका तथा भने सुदर्शन थापाले उत्कृष्ट निर्देशक अवार्ड पाउन सफल भएका छन्। यति मात्र होइन, ‘म यस्तो गीत गाउँछु २’ चलचित्र नै वर्षको सफल चलचित्र ठहरिएको छ। पल शाह जेलमा भएकाले अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा मात्र अवार्ड लिन उपस्थिति भए। यस क्रममा पलको अवार्ड पनि पूजाले जिम्मा लिएकी थिइन्।

‘म यस्तो गीत गाउँछु २’बाट उत्कृष्ट नायकको अवार्ड पल शाहले जित्दै गर्दा मेरो प्यारो साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ’, पूजाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पल, तिम्रा लागि यो अवार्ड समर्पित गर्न चाहन्छौं।’

प्रतिक्रिया दिनुहोस