भ्रष्ट्राचारी नेता र काला व्यापारीले घरमै पैसा लुकाएकाले मुलुक आर्थिक संकटमा : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले नोट थन्क्याएका कारण देशमा आर्थिक संकट उब्जिएको दाबी गरेका छन् ।

वीरगञ्जमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेताहरुले भ्रष्ट्राचार र कमिसनबाट उठेको पैसा लुकाएको जिकिर गरे ।

‘बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु हो । नेताहरुले कमिशन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका छन्,’ उनले भने ।

अध्यक्ष लिङ्देनले नेपालमा नोट छापिएपनि बैंकमा पैसा नहुनु सामान्य कुरा नभएको बताउदै यस्तो समस्या समाधान गर्न आगामी निर्वाचनमा राप्रपालाई भोट दिएर जिताउनु पर्ने उल्लेख गरे ।

‘नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो ? नोट कहाँ गयो ?,’ उनले प्रश्न गरे ।

 

प्रतिक्रिया दिनुहोस