लोग्ने मान्छेले अ’र्काकी स्वा’स्नी फकाउन मिल्छ भने म’हिलाले अ’र्काको लोग्ने फ’काउन कि’न मि’ल्दैन…… ?

महिलाभित्र देखा पर्ने दमित प्रेम र यौ न लाई अक्षरमा उतार्ने लेखिका हुन् । अभिलासा २०६३ कविता संग्रह, अभिषेक २०६६ उपन्यास तथा तिम्रो लोग्ने र म २०७१ गरी ३ वटा पुस्तक बजारमा ल्याइसकेकी निरुपा पुराना कवि चितवन शिखरवासकी छोरी हुन् । कथा संग्रह ‘तिम्रो लोग्ने र म’ बजारमा आएपछि उनी आलोचितसमेत भएकी थिइन् ।

प्रसिद्ध कथाकार मनु ब्राजाकीको कथा संग्रह ‘तिम्री स्वास्नी र म’ कै शैलीमा लेखिएको ‘तिम्रो लोग्ने र म’ र उनको लेखनका विषयमा निरुपासँग साप्ताहिकको कुराकानी मनु ब्राजाकीकै शैलीमा ‘तिम्रो लोग्ने र म’ लेख्नुपर्ने कुनै कारण थियो

त्यो कथा मैले आफू कि’शोरी हुँदा पहिलो पटक पढेकी थिएँ । कथाको पात्र अर्काकी श्रीमतीसँग हाकाहाकी बे’डसम्म पुगेको कुरा पढ्दा मेरा कान रातापीरा भएका थिए । लोग्नेमानिस कति सजिलै यस्ता कुरा लेख्न सक्छन्, स्वास्नीमानिसले यस्तो लेख्न सक्लान् ? कसले लेख्ला यस्तो कुरा भन्ने लागेको थियो ।

तैपनि मैले नेपाली साहित्यमा स्नातक गर्ने बेलासम्म त्यस्तो कुरा कसैले लेखेनन् । अरुले कहिले लेख्छन् भनेर कुरेर बस्ने कि आफैले लेख्ने ? भन्ने प्रश्न मनमा आयो । त्यसपछि आफैंले लेख्न थालें ।

यति विवाद र प्रशंसा होला भन्ने लागेको थियो

त्यो कथा २०६८ सालको मधुपर्कमा प्रकाशित भयो । छापिनुअघि यति धेरै प्रतिक्रिया आउला भन्नेचाहिँ लागेको थिएन । नकारात्मकभन्दा सकारात्मक प्रतिक्रिया बढी पाएँ । स्वयं मनु ब्राजाकीले ‘महिलाले महिलाका पक्षबाट कसैले यो कथा लेखोस् भन्ने चाहेको थिएँ, तपाईंले लेख्नुभयो । तपाईंलाई धन्यवाद र बधाई छ ।’ भन्नुभयो ।

लोग्नेमान्छेले अर्काकी स्वास्नी फ’काउन मिल्छ भने स्वास्नीमान्छेले अर्काको लोग्ने फकाउन किन मिल्दैन ? चर्चामा आउन पुरानै कुरा दोहोर्‍याएर लेखेको भनेर केहीले आलोचना नगरेका होइनन् तर ती कुरालाई मैले गौण मानेकी छु ।

नेपाली समाजमा जति पुरुषहरूले यौ’निक स्वतन्त्रताको उपयोग गर्छन् त्यति महिलाहरूले गर्न सक्छन्[][]

इच्छा त उही हो, चाहे लोग्नेमानिस हुन् वा स्वास्नीमानिस । यौ’निक स्वतन्त्रता जैविक हो तर आर्थिक स्वतन्त्रताले त्यो कुरामा उनीहरूलाई बाधा दिने गरेको छ । आजको युगमा आर्थिक स्वतन्त्रता प्रमुख भएर आएको छ । जोसँग हैसियत छ, उसले लोग्नेमान्छेलाई पनि केही दिन भाडामा लिएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस