पल सँगै दिन दुखिलाई सहयोग र भोकाको भोक मेटाइ हिंड्ने साथी पललाई भेटेर रुदै आए (भिडियो सहित)

केहीदिन अघिमात्रै एक अन्तरवार्तामा गायक दुर्गेश थापाले अहिलेपनि पलसंग निरन्तर टेलीफोन सम्बाद भईरहने र आफुले पललाई नआत्तिएर बस्नु सबै ठीक हुन्छ भन्ने जस्ता कुराहरुले सम्झाएको भन्ने विषयमा नायक तथा मोडेल पल शाहले कारागारबाटै ठाडै अस्वीकार गरेका छन् । उनले एक पत्रकारसंगको कुराकानीमा दुर्गेश थापासंग कुरा गर्नुको कुनै अर्थ नै नभएको हुनाले उनीसंग कुनैपनि प्रकारको कुराकानी नभएको बताउँदै दुर्गेशको भनाईलाई ठाडै अस्वीकार गरेका हुन् ।

पल प्रकरणमा गायक दुर्गेशको चौतर्फि आलोचना भई रहंदा उनी भने लामो समयसम्म आफुप्रति गरिएको आलोचनाको कुनैपनि प्रतिकृया दिएका थिएनन् । तर पछिल्लो केही दिन अघि मात्र उनले एक अन्तारवार्तामा पल कारागार चलान भएको खबरले निकै दुःखी भएको पनि बताएका थिए । यतिमात्र नभई उनले पललाई फसाउन चाहेको भए आफुले प्रहरीलाई त्यस्तै खालको बयान दिन सक्ने तर नदिएको बताउँदै पलप्रति आफ्नो साहानुभूति भएको बताएका थिए ।

‘पल मेरो साथी हो । हामी अहिले पनि साथी नै हौं । ऊ जेल जाँदा म किन र कसरी अनि के कारणले खुशी हुने ? पल जेल जाँदा म खुशी भएको भए त मैले ठाउँ ठाउँमा कन्सर्टहरु गर्नु पर्ने थियो । खै त मैले गरिन त । ऊ कारागार चलान हुँदा म रातभरी सुतेको छैन । मेरो छोराको कसम खाएर भन्छु पललाई फसाउनलाई मेरो कुनैपनि हात छैन । यो त सबै पल र मेरो सम्बन्ध बिगार्न उसैको सहयोगीले खेलेको खेल थियो । जस्मा पल र म दुवै फसेयौं ।’ दुर्गेशले एक अन्तरवार्तामा भनेको कुरा हो यो ।

प्रतिक्रिया दिनुहोस