“अबको चुनाबमा तपाई,को मत कुन पार्टीलाई, जनमतमा,सहभागी हुनुहोस र भोट गर्नुहोस् ! को बन्ला नेपाली केजरिवाल?

काठमाडौं :-“चुनावका बेलाको क्षणिक आवेग वा रहरले मात्र ‘केजरीवाल’ बन्न सकिंदैन । वानप्रस्थ उमेरको कुण्ठा र महत्वाकांक्षाले पनि ‘केजरीवाल’ बन्न सकिंदैन । मुख्यकुरा तयारी गतिलो हुनु पर्‍यो ।”

“बितेका केही महिनायता विश्व परिवेश फरक भएर गएको छ । खासगरी रुस–युक्रेन युद्धका बाछिटाले पूरै विश्वलाई प्रभावित पारेको छ । इन्धनको मूल्य वृद्धिसँगै सबै क्षेत्रमा मूल्य वृद्धि भइरहेको छ ।

छिमेकी मुलुक श्रीलंकाको अर्थतन्त्रको संकट यहीबेला छताछुल्ल भएको छ । अर्थतन्त्रका सूचक हेरेर स्पष्ट भन्न सकिन्छ, श्रीलंकाको नियतिबाट जोगिन नेपालले तत्काल महत्वपूर्ण नीतिगत सुधारको कदम उठाउन जरुरी छ ।”

“यहीबेला नेपालमा स्थानीय चुनाव हुँदैछ । यो चुनावसँगै संघीय गणतन्त्र अन्तरगतका स्थानीय सरकारहरूको पहिलो कार्यकाल पूरा हुन्छ । त्यसैले, एकातिर यो स्थानीय सरकारहरूको पहिलो कार्यकालको समीक्षाको समय हो । अर्कोतिर अर्थतन्त्रको संकट समाधानका लागि राष्ट्रिय नीति निर्माणको समय पनि हो ।

“चुनावको मिति नजिकिएसँगै दलहरूको चहलपहल त बढ्न थालेको छ । यद्यपि कुनै दलले अहिलेसम्म मुलुकको अर्थतन्त्र सुधारबारे बोलेका छैनन् । संघीय गणतन्त्रको पहिलो कार्यकालको समीक्षा पनि सार्वजनिक गरेका छैनन् । प्रायः सबै दलमा एउटै कुराको चर्चा भइरहेको छ, कोसँग गठबन्धन गर्दा चुनाव जितिन्छ ?

“संघीय गणतन्त्रका, लागि आन्दोलन गर्ने दल अधिकांश विभाजित छन् । देश र जनताका समस्याप्रति उनीहरूको चिन्तन झन झन क्षीण हुँदै जाँदैछ । उनीहरूको ध्यान अहिले केवल आफ्नो ‘हैसियत’ जोगाउने चिन्तामा सीमित भएको छ । जनजीविकाका सवालहरू छायाँमा परेका छन् । यसले दल मात्र होइन, संघीय गणतन्त्रलाई नै बदनाम बनाएको छ ।

प्रतिक्रिया दिनुहोस