“म कुनैपनी पार्टीमा छैन तर, माओवादीले जिते मात्र देश बिकास हुन्छ- महानायक राजेश हमाल”

“काठमाडौ। महानायक राजेश हमालले समकालिन नेपाली राजनीतिमा माओवादी केन्द्र अध्यक्ष प्रचण्डको जस्तो भिजन भएको नेता नरहेको भन्दै प्रचण्डलाई साथ दिन अपिल गर्नुभएको छ।”

“एक टेलिभिजन अन्तवार्तामा महानायक हमालले अहिलेको आवश्यकता प्रचण्ड नै रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ। ‘आजको राजनीतिक परिवेशमा प्रचण्ड अपरिहार्य ब्यक्ति हो, उहाँलाई नै साथ दिनुपर्छ,’अन्तवार्ताको हमालले भन्नुभएको छ।

“हमालले आफू नेकपा माओवादी केन्द्रको कार्यकर्ता वा समर्थक नभएको तर प्रचण्डको काम र उहाँमा रहेको क्षमताका कारण साथ दिनुपर्ने निश्कर्षमा पुगेको पनि बताउनु भएको छ।

‘एउटा नेतामा हुनुपर्ने गुण, प्रचण्डमा छ । एउटा नेतामा हुनुपर्ने गुण उहाँमा छ, केवल राजनीतिक रुपमा मात्रै होइन, सवै क्षेत्रमा उहाँ अब्बल हुनुहुन्छ। उहाँ सहज रुपमा बिभिन्न पृष्ठभूमि, बिभिन्न ब्यक्तिहरुसँग घुलमिल हुनसक्ने क्षमता छ। समाजमा बिभिन्न पक्ष हुन्छ, ती सवैमा प्रचण्ड निपुन हुनुहुन्छ, ’हमालले भन्नुभएको छ,

‘आजको घडीमा नेपाललाई नेतृत्व गर्न प्रचण्ड असाध्यै सक्षम हुनुहुन्छ। म माओवादी बनेको छैन, बन्ने संभावना पनि छैन तर प्रचण्ड राम्रो नेता हो, उहाँलाई साथ दिनुपर्छ भन्ने कुरा म ढुक्क साथ भन्छु।

प्रतिक्रिया दिनुहोस