प्रचण्ड गणतन्त्र र सङ्घीययता पिता हुन्, ओली जस्तो थुतुनो मात्रै चलाउने होइनन् – भीम उपाध्याय

काठमाडौँ ।नेपाली समाजमा भीम उपाध्याय निकै चर्चित नाम हो । सामाजिक अभियन्ता भिम उपाध्याय सामाजिक कार्य संगै सामाजिक संजालमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । फेसबुकमा उपाध्यायको लाखौ फ्यानहरु छन् । फेसबुक मार्फत उनीले बेलाबेला आफ्नो धारणा बेक्त गर्दै आइरहेका छन् ।

उपाध्यायले केही समय अगाडी केपी ओलीलाई कटाक्ष गर्दै एउटा स्टाटस फेसबुक मार्फत सार्वजनिक गरेका थिए । उक्त स्टाटसमा यस्तो लेखिएको छ :-“पुष्पलाल नेपाली कम्युनिज्मका पिता हुन् ।दन भण्डारी विश्वभरि सोत्तर हुँदै गएको कम्युनिज्मलाई नेपालमा भने पन: स्थापिताकर्ता नेता हुन् ।

मनमोहन बुढाबुढी अपाङ्ग विधुवालाई जीविकोपार्जनका लागि राज्यबाटै भट्ट दिने ज्युष्ठ नागरिकहरुका निम्ति देउता हुन् ।प्रचण्ड दलित, पिछाडिएको, सीमान्तीकृत जातजातिलाई सत्ताको सिंहासनमा पुर्याउने समावेशीकरण, समानुपातिक, गणतन्त्र र संघीयताका पीता हुन् ।

झलनाथ, सिपी, माद्जवाले अन्डरग्राउण्ड भएर कम्युनिज्मको नेतृत्व गरेका नेताहरु हुन् ।मोहनबिक्रम पनि जीवनपर्यान्त सिन्द्वान्त नछाडी लागेका हुन् ।कम्युनिज्मको देश र जनतालाई फाइदा गर्यो त्यसमा खुबै बहस गर्न सकिन्छ …..तर ……

ओलीको चै के योगदान ? सिन्को भाँचेको छैनन् थुतुनो चलाएको जग हसाउने बाहेक ?विद्याको योगदान चै के हो ? मदनको पत्नी हुनु बाहेक ?जनताको ऋण खाएका छैनन् यिनका घरघरिका गनगन सुन्न र कचकच भोग्न ।”अध्यक्ष दाहालको नामअनुसारको सार्थक पुस्तक ‘नयाँ युगको पदचाप’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरूको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसारकै सङ्ग्रहको रूपमा रहेको समीक्षक तथा लेखकहरूबाट प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया दिनुहोस