के एमालेको सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ? : नेता रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई प्रयोग गर्न दिएकोमा आप’त्ति जनाएका छन् ।

नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह प्रयोग गर्न दिने सहमति गरेपछि रावलले आ’पत्ति जनाएका हुन् ।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा ल’ड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?

यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

एमालले बुधबार राप्रपा, नेपाल र परिवार दलसँग पाँच÷पाँच वुदे छुट्टाछुट्टै सम्झौता गरेको थियो । सम्झौतामाा रापप्रपा, नेपाल र परिवार दलका उम्मेदवारले सहमति भएका स्थानमा सूर्य चिन्ह लिएर चुनावमा भागलिन पाउने उल्लेख थियो ।

यो पनि : निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका अभिव्यक्ति नदेउः निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन आग्रह गरेको छ । राजनीतिक दलका शिर्ष नेताहरुले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन हुनेमा शंका व्यक्त गरेपछि आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।

‘निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सवैलाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्वन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस