मालेप्रति जनताको आकर्षण बढेको छ, चुनावपछि ५ वर्ष सरकार चलाउँछौं : ओली

काठमाडौं, २ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेप्रति जनताको आकर्षण बढेको दाबी गरेका छन् ।

उनले एमाले छिट्टै सरकारको नेतृत्वमा फर्किने पनि विश्वास दिलाए ।उनले भने,‘अब आउने चुनावमा एमालेले बहुमत प्राप्त गर्छ, हामी अब ५ वर्ष नै ढुक्कले सरकार चलाउँछौं ।’
आज (शुक्रबार) लमजुङको घलेगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेले लिएको मुलुक समृद्धिको यात्रा प्रारम्भ भएको पनि दाबी गरे ।ओलीले ०७४ को चुनावपछि सरकारको नेतृत्व गर्दा सुखी नेपाली, समृद्ध नेपालको नारा अघि सारेका थिए।

प्रतिक्रिया दिनुहोस